इटहरीः स्थानीय निर्वाचन आउन मुलत तीन दिन बाँकी छ । जवसम्म आफ्नो पालिका उम्मेदवार बनेका उम्मेदवारलाई नजिकबाट नियाल्न सकिँदैन तव त्यो उम्मेदवारबाट के अपेक्षागर्ने भन्ने प्रश्न खड्किरहन्छ ।
उम्मेदवारलाई मतदाता माझ चिनाउने क्रममा यस पटक हामीले साँगुरीगढी गाउँपालिकाको अध्यक्षका उम्मेदवार जितेन्द्र रुम्दाली राईलाई चिनाउने प्रयास गरेका छौं ।
होटल र पर्यटन व्यवसायसँग जोडिएको रुम्दाली युवा विकास प्रेमी र समाजसेवी मानिन्छन् साँगुरीगढी गाउँपालिकाको भेडेटारमा । पुर्व अर्थात प्रदेश एककै पर्यटनको मुख्य थलोको रुपमा चिनिएको भेडेटारमा जितेन्द्रको राम्रो प्रभाव छ ।
स्थानीय निर्वाचन नजिकिँदै जाँदा धनकुटा जिल्लाभरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , जनमोर्चा र नेकपा माओवादीको तालमेलमा चुनावी अभियानमा होमिएका छन् र त्यति तालमेलको नेतृत्व जितेन्द्रले गर्दैछन्, साँगुरीगढीमा । साथमा जनता समाजवादी पार्टीका लिलाराज लावती उपाध्यक्षको लागि चुनावी अभियानमा छन् ।
ओखल्ढुङ्गा जिल्लाको मोली गाविस अर्थात अहिलेको मानेभन्ज्याङ्ग गाउँपालिका वडा नम्बर १ मा जन्मिएका हुन्, जितेन्द्र रुम्दाली राई । २०३८ सालमा जन्मिएका जितेन्द्र पाँच दाजुभाई मध्येका राई १० बर्षकै उमेरमा जन्मथलो छाडेर धरान आएका हुन् । कक्षा ५ देखि जितेन्द्रले धरानको पव्लिक स्कुलमा अध्ययन गरे अनि २०५३ सालमा विद्यालय तहको पढाई सकेपछि आफुले धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र स्नातक सम्मको अध्ययन गरेका हुन् ।
समाजमा चलेको चलन बढेर १८ बर्ष पुगेपछि लाहुरे हुनुपर्छ भन्ने माध्यता थियो र अहिले पनि छ । लाहुरे हुने चाहानामा जितेन्द्रले पनि निकै बर्ष रहरहरु खेर फालेका थिए । तीन पटक ब्रिटिस आर्मीमा जागिर खान गरेका अथक प्रयासहरु खेर गएपछि जितेन्द्र भारतीय सेना अर्थात इन्डियन् आर्मीको लागि पनि लडे तर जिन्दगीका हरेक प्रयासहरु कहाँ सफल हुन्छन् र । एक पटक त धरानबाट छानिएर भारतको गुम्पाटमा पुगेर पनि असफल बनेका थिए जितेन्द्र ।
भारतीय र ब्रिटिस दुवै आर्मीमा असफल भएपछि नेपाल आर्मीमा समेत एक पटक जितेन्द्रले प्रतिस्पर्धा गरेका थिए तर त्यहाँ पनि चाहिने जति दौडन सकेनन् । असफलताका बाहानाका कति कुरा गर्नु हुन त असफलता नै सफलताको सुरुवात अर्थात कडी मानिन्छ ।
धरानमा बसेर पढ्दै अनि साथमा बिभिन्न प्रतियोगिताहरु भिड्दै गर्दा जितेन्द्रका काकाको भेडेटार स्थित भेडेटार भ्यु नामक होटलमा काम गरेका रुम्दालीले त्यहाँ व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका थिए ।
काकाको लगानीमा रहेको होटलमा व्यवस्थापकको जिम्मेवारी लिएर काम गर्दा रुम्दालीलाई आफु पनि होटल व्यवसायी बन्न सक्छु भन्ने आँट र साहस मिल्यो । अनि संघर्षका दिनहरु पनि सुरु भए । हुन त बालखै उमेरमा जन्मथलो छाडेर धरान आउनु त्यहा आएर पढ्नु लाहुरे हुने आशामा पटक पटक प्रयास गर्नु यी सबै संघर्षका ठेलिहरु हुन जितेन्द्रका । तीन बर्ष सम्म काकाको लगानीमा रहेको होटलमा तलबी कामदार भएर काम गरेपछि काकाको परिवारनै युके तिर लाग्यो, त्यसपछि जितेन्दले त्यही काकाको होटललाई भाडामा लिएर चलाउन थाले । कामदार हुदाहुदै जितेन्द्र त्यही होटलको सञ्चालक बन्न पुगे ।
भेडेटारलाई अहिलेको अवस्थामा ल्याउन नीजि क्षेत्रको ठुलो हात रहेको छ । सरकारले त नारामात्रै लगाउने हो । विकास गर्न चुनावी भाषण गरेजस्तो सजिलो कहाँ छ र ? कृषि र पर्यटनमा सरकारको नारा भएता पनि लगानीको ग्यारेन्टि दिने खालको कार्यक्रमहरु ल्याउन नसकेको जितेन्द्र सुनाउँछन् । सरकारले नदिएको रोजगारी नीजि क्षेत्रले दिएका छन् । जितेन्द्रले अहिले पनि आफ्नो रिसोर्टमा ६ जना बेरोजगारलाई रोजगारी दिएका छन् ।
केटौले उमेरमा भेडेटार छिरेका जितेन्द्र रुम्दाली अहिले त्यहाँको जोश बोकेको युवा व्यावसायी हुन् । होटल एसोशियसन भेडेटारको अध्यक्ष रहेका जितेन्द्रले सामाजिक काममा हात हालेको भने पाथीभरा क्लवबाट हो । पाथिभरा क्लवमा सचिवको रुपमा २०६३ सालमा हात हालेका राई २०६५ मा सोही क्लवको अध्यक्ष भए । जितेन्द्र अध्यक्ष रहेको भेडेटार होटल एसोशियसन उनिहरुकै सक्रियतामा स्थापना भएको हो । संस्थापक सचिवको रुपमा होटल एसोशियसनलाई जन्माएका जितेन्द्र अहिले नेपाली काँग्रेस पार्टीका युवा नेता पनि हुन् ।
२०६२ सालमा भेडेटारको सचिव बनेका रुम्दाली अहिले नेपाली काँग्रेस धनकुटा ‘क’ क्षेत्रिय कार्यसमितिका सभापति हुन् । राजनितिमै सक्रिय भएपछि पार्टीले टिकट दिएर रुम्दाली गत स्थानीय निकायको चुनावका साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा प्रत्यासी बनेका थिए । त्यतिवेला केहि मतान्तरले उनको हार भयो । त्यो हारलाई जितमा परिणत गर्न जितेन्द्रले सामाजिक काम छाडेनन् । पर्यटन प्रवद्र्धनमा निजीक्षेत्रको नेतृत्व लिएर सम्हालेका राई अव साँगुरीगढी गाउँपालिकाको नेतृत्व सम्हाल्ने लयमा छन् ।
सरकारका निति र कार्यक्रमले भने पर्यटनलाई साथ नदिएको बताउँने जितेन्द्र आफुले गाउँपालिकाको अध्यक्षको नेतृत्व पाए भेडेटारको पर्यटन र समग्र साँगुरीगढीको कृषिका क्षेत्रमा का मगर्ने र साँगुरीगढीलाई आत्मनिर्भर बनाउने योजना छ । । सरकारले कृषिमा करोडौँ खर्च गरेको छ तर पर्यटनमा त्यस्तो छैन । पर्यटनको अथाह सम्भावना बोकेको ठाउँमा लगानी गर्ने लगानीकर्ताको त्याग लाई ग्राहयता दिएको देखिदैन् त्यसैले पनि पर्यटनलाई बुझेको मान्छे भेडेटारले खोजेको छ । अहिले दक्ष कामदारको समेत अभाव झेलिरहेका ।भेडेटारलाई सिपमुलक तालिम संचालन गरेर दक्ष कामदार उत्पादन गर्ने देखि लिएर रोजगारका अवसरहरु सिर्जना गर्ने सम्मका योजना जितेन्द्रल लिएर हिडेका छन् ।
अहिले भेडेटारमा ७० को हाराहारीमा होटलहरु छन्, ती सबै होटल एसोशियसनमा आवद्ध छन् ।होटल व्यावसायीको छाता संगठन नभएको अवस्थामा सबै एकवद्ध भएर लागेका होटल व्यवसायीहरुले भेडेटारको प्रचार प्रसार गर्ने देखि लिएर दक्ष जनशक्ति उत्पादन गर्ने सम्मका काम भेडेटार होटल एसोसियसनले गरेको छ । आफु पर्यटन र होटल व्यवसायीका पिडा बुझेको व्यत्ति भएको हुनाले यहाँका पर्यटकिय गन्तव्यहरुको विकास गरेर पर्यटकलाई कसरी साँगुरीगढीका बिभिन्न स्थानमा टिकाउने र समग्र साँगुरीगढीको विकासमा योगदान पुर्याउनेमा आफ्नो नेतृत्व लागि पर्ने जितेन्द्र बताउँछन् ।
भेडेटार होटल एसोसियसनमै हुँदा समेत कोरोना कालमा एसोशियसनकै पहलमा भाडामा रहेका होटल व्यवसायीका साहुहरुसँग समन्वय गरेर घरभाडा छुट दिलाउने सम्मका काम गरेका राई हरेक वर्गका नागरिकसँग त्यहाँका समस्या र गुनासा समेटेर त्यहाँको आवश्यकतालाई पहिचान गरेर बजेट बनाउने र सबै गाउँ गाउँलाई समृद बनाउँदै लैजाने योजनामा रहेछन् ।लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार बनेका लिलाराज लावती पनि जितेन्द्रका सहयात्री हुन् ।