इटहरीः रामधुनी नगरपालिकामा मेयरको उम्मेद्वारी दिएका सिताराम घिमिरे राजनितिक शास्त्रमा डिग्री र कानुन विषयमा स्नातक गरेका व्यक्ति हुन् । हेर्दा लक्का जवान, बौद्धिक र युवा जोश केन्द्रको राजनिति गर्न छाडेर किन नगरमा ? हामीले प्रश्न गर्यौँ । प्रश्न भुईमा झर्न नपाउँदै उनले उत्तर दिए ‘जवसम्म राजनिति बुझेको युवा नगरको नेतृत्वमा आउँदैन नगर अलमल भइरहन्छ विकासले गति लिँदैन ।’
सितारामले रामधुनी भुगोल टेकेको डेढ दशक भयो तर भुगोलको राजनितिमा भने अलमलिएनन् केन्द्रिय राजनितिको सेरोफेरोमा रमाइरहे तर जव सम्म भुगोलको विकास हुदैन तवसम्म केन्द्रमा गएर मात्रै काम छैन भन्ने बुझेपछि उनि स्थानीय तहमा शिक्षित युवाले नेतृत्व गर्नुपर्छ भनेर कम्मर कसेर लागेका छन् ।
जो कोहिले गरेको क्रान्ति तवसम्म सफल हुँदैन जवसम्म उसले जसका लागि क्रान्ति गरेको हो त्यो वर्ग लाभान्वित हुँदैन् । सितारामले क्रान्ति सुरु गरेको निकै लामो समय भयो तर कम्युनिष्ट धार भने उनले अहिले सम्म छाडेका छैनन् । विद्यालय तहमा अध्ययन गर्दै गर्दा २०५५/०५६ सालतिर अनेरास्ववीयु प्रारम्भिक कमिटीको सदस्य बनेका घिमिरेको राजनिति खोटाङ्ग जिल्लाको खाल्लेबाट सुरु भएको हो ।
२०४३ सालमा जन्मिएका घिमिरेले प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा दित्तेल बहुमुखी क्याम्पसबाट गरे भने स्नातक इटहरीको जनता बहुमुखी क्याम्पस र स्नातकोत्तर धरान स्थित महेन्द्र बहुमुखि क्याम्पसबाट गरेका हुन् ।
आफ्ना बुवा खोटाङ्ग जिल्लाको जिल्ला अदातलमा निमित्त न्यायाधिस थिए तर द्धन्द्धकालमा व्यक्तिगत रिसिइवीका कारण उनको हत्या भएको थियो । बुवाको हत्यापछि परिवारको जेठो छोरा सितारामका काँधमा जिम्मेवारीको पहाड थपिएको थियो तिनै जिम्मेवारीहरु पुरा गर्ने क्रममा बुवाको सपनालाई पनि सार्थक पार्नुपर्छ भन्ने हेतुले कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि सितारामले सकाएका छन् ।
एमाले निकट अनेरास्ववीयुबाट सुरु भएको घिमिरेको राजनितिक यात्रा भने कम्युनिष्टकै सेरोफेरोमा अल्झिएको थियो । कक्षा ९ मा पढ्दै गर्दा अखिल क्रान्तिकारीमा समावेश भएछन् घिमिरे । विचार र आस्था त्यतै मोडिँदै गयो बुवाको हत्या भएपछि राजनितिमा त्यक्ति सक्रियता भएन तर पछि घिमिरेको परिवार खोटाङ्गको जग्गा जमिन बेच बिखन गरेर सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बसाई सरी आएको रहेछ । व्यवहारिक भएर हिड्न थालेका थिए सिताराम तर राजनितिक चेत त कायममै थियो त्यहि चेतले बेला बेला कुनै न कुनै रुपमा राजनितिमा ठोक्काइरहन्थ्यो ।
दित्तेलबाट रामधुनी आएपछी २०६४ सालमा नेकपा माओवादीको भातृ संगठन वाइसिएलको सदस्यता लिएका सितारामलाई पार्टीले नगरकमिटीको सदस्यता तत्कालै दिएको थियो । जनता बहुमुखि क्याम्पसमा पढ्दै गर्दा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष बनेका घिमिरे पार्टीको रामधुनी सचिव समेत भएका थिए । त्यसै बेला माओवादिका बैद्य पक्ष र प्रचण्ड पक्षविच खटपट भयो ।
अव नयाँ ढंगले जानुपर्छ भनेर सितारामले साथीहरुसँग मिलेर जनकंग्रेस नामको आफ्नै पार्टी बनाएर अगाडी बढे । निर्वाचन आयोगमा पार्टीको दर्ता प्रक्रिया चल्दै गर्दा सम्म घिमिरेरे नेपालको केन्द्रिय राजनिति कसरी चलेको छ, कहाँ कहाँ के के चलखेल हुन्छन् भन्ने कुराहरु बुझ्दै गए ।
पुर्व देखि कर्णालीसम्मै पार्टीको प्रचार गर्दै गएका उनिहरुले संगठनलाई निकै बलियो बनाएका थिए तर चलखेल पछि मात्रै थाहा भयो जव उनिहरु पार्टीको अध्यक्ष बनाइएकै व्यक्तिबाट घेराबन्दिमा पारिए । ठुलो मेहनतका साथ एउटा पार्टी जन्मिन लागेको थियो तर विदेशी चलखेलकै आडमा एउटा अध्याय समाप्त पारियो । जन्मन नसकेको उक्त पार्टीको केन्द्रिय सचिवको भुमिका सितारामलाई दिइएको रहेछ त्यो अध्याय समाप्त भएपछि पुन जनकम्युनिष्ट नामको पार्टी अगाडी बढाइयो ।
पुर्व देखि लिएर काठमाण्डौ अनि पश्चिमका कर्णाली सम्म मोर्चा बन्दिहरु भए । बिभिन्न आन्दोलन र संघर्षहरुमा सहभागि भयो जनकम्युनिष्ट अनि एक जमानामा ३३ दलिय मोर्चामा पनि उसको सहभागिता भयो तर निकास दिन सकेन । कुनै दिन मोटरसाइकलमा तामझामका साथ सिताराम जनकम्युनिष्टको नारा बोकेर राजधानी हानिदैथिए । बाटोमा दुर्घटनामा परे । जिन्दगी घाइते भयो, मोटरसाइकल लड्यो तर मन लडेन केहि दिन आराम गरे केहि दिन राजनिति नै छोड्छु भन्ने अठोट पनि गरे तर मनले छाडेन् । दुर्घटनामा घाइते घिमिरेका साथीहरु एकादुई बाँकी रहे अव गर्दिन भनेको राजनिति कुनै बेला उर्जाशिल मानिएका बाबुराम भट्टराईसँग गएर ठोक्कियो ।
बाबुरामको नयाँ शक्तिमा प्रदेश एकको विद्यार्थीको संयोजकको भुमिका सितारामले निर्वाह गरे । देशको नेतृत्व पनि विकास पनि गर्नु छ अवको राजनितिक विकल्य यहि होला भनेर नयाँ शक्तिमा गएका घिमिरे विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्ष सम्म भए तर अध्यक्ष हुन त्यहाँ पनि उनको सामथ्र्यले दिएन बाबुराममा पनि नातावाद कृपावाद भेटे जव बाबुरामले आफ्नै ज्वाईका ज्वाईलाई विद्यार्थीको नेतृत्व हस्तान्तरण गरे ।
राजनितिमा केहि निरासा त छँदै थियो त्यहाँमाथि बाबुराम भट्टराईको पार्टी उपेन्द्र यादवसँग जोडिएर राजनिति गर्न थाल्यो । नेतृत्वले मर्म र भावना अनुसार का मगर्न नसकेपछि उर्जा बोकेका शिक्षित युवाहरु नेतृत्व तहमा पुग्नै नसक्ने अवस्था आयो । जनता समाजवादीमा सिताराम प्रदेश कमिटी सदस्य थिए । तर उनको मनको धोको पुरा हुन सकेन त्यहाँ पनि । जव समाज बदल्न हिडेको मान्छे आफ्नै जिवन बदल्न थाल्छ भने त्यहाँ विकास हुदैन सितारामले सोचेको पनि त्यहि हो ।
मंसिर महिनामा नेकपा एकिकृत समाजवादीको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुँदै थियो इटहरीमा हो त्यसैबेला सिताराम सहित जनता समाजवादीको एउटा ठुलो समुह नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्यो । योग्यता र क्षमता हेरेर नेकपा एसले सितारामलाई प्रदेश सचिवालयमा राखेको छ ।
अहिलेका जनप्रतिनिधिको दक्षता र क्षमता नभएको बताउँने घिमिरे यो उनिहरुको दोष भने नभएको बताउँछन् । ‘गर्न चाहान्छन् तर उनिहरुको क्षमताले भ्याउँदैन अनि जनताले दुख पाउँछन् ।’ सिताराम भन्दै थिए ।
कृषिमा आधारित रहेको रामधुनी नगरपालिका क्षेत्रमा प्रविधिको प्रयोग गरेर आधुनिक कृषि प्रणाली त्यसका साथै नयाँ ढंगले उत्पादन र बजारीकरणमा जोड दिन सके रोजगारका बाटाहरु खुल्ने घिमिरे बताउँछन् । पर्यटनको समेत ठुलो सम्भावना रहेको रामधुनीलाई होमस्टेका साथै पर्यटकलाई उपयुक्त बासस्थानहरुको विकास गर्न सके रोजगारी सिर्जना गर्न गाह्रो नहुने घिमिरेको भनाई थियो ।
दिर्घकालिन सोच भएका युवाहरु राजनितिमा आउनु पर्छ भन्ने भनाई राख्ने सिताराम रामधुनीमा पार्टीको अवस्था राम्रो भएको दावी गर्छन । ‘हामी जनतासँग हाम्रो एजेण्डा लिएर हिडेका छौ ठुला पार्टीहरु भोज भतेर र अविरजात्रा गरेर हिडेका छन् । प्रलोभनमा पार्ने र आर्थिक चलखेल गर्नेहरु बढिरहेका छन् ’सितारामले सुनाए ।
‘हामी ठुला ठुला कुरा गर्छौँ जनताको घरमा कलमा समेत पानी आउँदैन कति ठाउँमा त आफुलाई भोट दिनुहोस भन्न समेत अप्ठ्यारो भयो ।’ सिताराम भन्दै थिए ।आफुले नेतृत् वगर्न पाएको खण्डमा रामधुनीलाई पाँच बर्ष भित्र ५ हजार जनालाई स्वरोजगार बनाएर विदेश पलायन हुन लागेको जनशक्तिलाई रोक्ने घोषणापत्र घिमिरे नेतृत्वको नेकपा एसले सार्वजनिक गरेको छ ।
रामधुनीमा ऐतिहाँसिक महत्व बोकेका रासताल, शंकरवेली ताल, जुडी सिमसार जस्ता क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा घोषणा गर्ने साथै जेष्ठ नागरिकलाई घरमै वृद्ध भत्ता पुर्याउने, भुमिहिन तथा सुकुम्बासि जनतालाई उचित आवासको प्रवन्ध गरी आवासिय जमिनको समेत व्यवस्था गर्न पहल गर्ने करको दर हैन दायरा बढाउने जस्ता योजना धिमिरेले अगाडी सारेका छन् ।
एक घर एक रोजगार, सुशासनयुक्त रामधुनी सरकार भन्ने नाराका साथ कलम चुनाव चिन्ह बोकर हिडेका सिताराम विचार र एजेण्डाका हिसावले आफुले चुनाव जित्नुपर्ने धारणा राख्छन् । शिक्षित वर्गले कुन उम्मेद्वारले कस्तो एजेण्डा बोकेर हिडेको छ त्यो हेरेर सहि नेतृत्वलाई मतदान गर्नुहुनेछ भन्ने आग्रह सितारामको थियो ।