बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेयर र उपमेयर पदको निम्ति नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
बराहक्षेत्रमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निलम खनाल र उपप्रमुख पदको निम्ति नन्दाकुमारी राईको उम्मेद्बारी रहेको छभने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट रमेश कार्की मेयर पदमा र अमित गौतम उपमेयर पदको चुनावी मैदानमा छन् ।
यतिबेला दलहरूले घरदैलो अभियानलाई तीब्र रूपमा अगाडि बढाइरहेको अवस्थालाई नियाल्दै गर्दा दुबै तर्फका उमेदवारहरु आफूहरूले चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार ९१ हजार, ८ सय ९१ जनसंख्या रहेको छभने निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार बराहक्षेत्रमा ६३ हजार ६ सय ६८ जना मतदाताको संख्या पुगेको छ ।
कम्युनिस्टको ‘लालकिल्ला’कांग्रेसको ‘पराजित यात्रा’
साविक बराहक्षेत्र, भरौल, प्रकाशपुर, महेन्द्रनगर र मधुवन गाविसलाई गाभेर बराहक्षेत्र नगरपालिका बन्यो । यद्यपि यस् क्षेत्रमा अधिकांश स्थानमा कांग्रेसको अपराजित यात्रा देखिन्छ । अघिल्लो स्थानीयतह चुनावमा समेत बराहक्षेत्रका ११ वडामध्ये ३ वटा वडाको नेतृत्व मात्रै कांग्रेसले जीत निकालेको थियो । विभिन्न प्राकृतिक एबम् सांस्कृतिक महत्त्व बोकेको यस् भूमिलाई राजनीतिक हिसाबले भने कम्युनिस्टको ‘पक्कड’ भएको स्थान मानिन्छ ।
सुनसरीकै कान्छो र ठूलो नगरपालिकाका रूपमा परिचित यस् नगरलाई कम्युनिस्ट र कांग्रेसको ‘शाख’जोगाउने हेतुले यस् चुनावलाई विशेष रूपमा हेरिएको छ । एमाले पुनः आफ्नो बिरासत जोगाउने दौडमा छभने कांग्रेस ‘बिरासत’ भत्काउन चाहान्छ । कम्युनिस्ट नेता मनमोहन अधिकारीले चुनाव लडेको यस् भेगमा कम्युनिस्टहरु आफ्नो दबदबा रहेको बताउँछन् भने कांग्रेस गिरिजाप्रसाद कोइरालाले समेत यसैठाउँबाट चुनाव लडेको हुँदा कांग्रेसको लेगेशी बराहक्षेत्रमा छुट्टै छ ।
एमालेभित्रको अन्तर्घातलाई नियाल्दै गर्दा जिल्लामै सुप्रसिद्व कम्युनिस्ट नेता राजु अधिकारीले बराहक्षेत्र नगरमा बाघी उम्मेद्बारी दिएका छन् । निलम खनालको तानाशाही प्रवृत्ति, भ्रष्टाचार, अनियमितताको विरुद्धमा आफले उम्मेद्बारी दिएको बताउँदै आएका छन् भने यसपटक कांग्रेसभित्र वैमनस्यता देखिएको छैन् । नगरप्रमुख र उपप्रमुख कुनै नेताले पनि बाघी उम्मेद्बारी नदिदा कांग्रेसको भोट विभाजित नहुने नेताहरूको विश्वास छ ।
को हुन् रमेश कार्की ?
उसो त रमेश कार्कीको नाम राजनीतिक बृतमा त्यति पुरानो नाम भने होईन । नेपाली सेनाको पृष्ठभूमि बोकेका कार्की हाल बराहक्षेत्र ७ का स्थायी बासिन्दा हुन् । राजनीतिक अनुभव त्यतीधेरै लिन नपाएको भएपनि कार्कीको सामाजिक क्षेत्रमा लोभलाग्दो सक्रियता छ । जानकारहरु भन्छन्, ‘सामाजिक कार्यले गर्दा नै रमेश कार्कीलाई चिनाएको हो ।’ कार्कीले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
सन् २०१३ बाट उनी चक्रघट्टी जेसीजको माध्यमबाट सामाजिक व्यक्तित्वको रूपमा चिनिन थाले । तत्पश्चात् उनी नेपाली कांग्रेसको १२ औ महाधिवेशनमा तत्कालीन महेन्द्रनगर गाउँ इकाइ समितिको कोषाध्यक्षमा निर्वाचित भएपछी उनलाई राजनीतिक जगतमा चित्रित भएको बुझिन्छ । त्यस्तै, १३ औँ अधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नं ६ को सचिवमा मनोनीत भएका कार्की गएको स्थानीयतह निर्वाचनमा बराहक्षेत्र ७ वडामा अध्यक्षको उम्मेदवार समेत बनिसकेका छन् । पार्टीभित्रै छिट्टै राजनीतिक माहोल बनाउन सफल कार्कीले १४ औं नगरअधिवेशनमार्फत आफूलाई नगर सभापतिमा स्थापित गराए ।
को हुन् निलम खनाल ?
निलम खनालको पृष्ठभूमि शिक्षण पेशा हो । हक्की र निडर स्वभाव भएका खनालले बराहक्षेत्रमा छुट्टै पहिचान बोकेका छन् । बराहक्षेत्र ४ वडाका स्थायी बासिन्दा खनाल यसअघि तत्कालीन भरौल गाविसका उपाध्यक्ष समेत भइसकेका छन् । भगवती प्राबीका व्यवस्थापन समिति अध्यक्ष भएर काम गरिसकेका उनी मिडिया क्षेत्रमा पनि सम्बन्धित छन् ।
पार्टीभित्र केन्द्रिय पहुँचसम्म निकट रहने खनाल नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले म्याट्रिक सम्मको अध्ययन गरेका छन् । पार्टीभित्र कयौंपटक जिल्ला उपसचिवमा पराजित भइसकेका खनाल बराहक्षेत्र नगरका प्रथम मेयरमा निर्वाचित भएपछी चर्चामा आएका हुन् । राजनीतिअघि उनी मुलतः व्यबसायीको रूपमा परिचित थिए ।
गठबन्धनले फाइदा कसलाई ?
यहाँको जनमतको हिसाव गर्दा यसअघि २०७४ सालको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई हेर्नुपर्छ ।गठबन्धनका अन्य दल माओवादी केन्द्र, जनता समाजवादी पार्टीको मत जोड्दा पनि कांग्रेसलाई जीत निकाल्न त्यत्ति सजिलो भने छैन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका मेयर उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ र उपमेयर उमेदवार कमला मगरले १४ हजार ६ सय ९ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका मेयर उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ र उपमेयर उमेदवार पूजा धामीले ११ हजार, ३ सय ५९ मत प्राप्त गर्दै पराजित भएका थिए । यो तथ्यलाई हेर्दा समग्र नगरमा कांग्रेसभन्दा एमालेको मत ६ प्रतिशत मत बढी छ । यस् हिसाबले कांग्रेसलाई मेयर र उपमेयर दुबै जित्नको निम्ति ३ हजार १ सय १५ मत आवश्यकता पर्दछ ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८, उपमेयर संगीत राईको २ हजार, ८ सय ८३ मत र चुनावी तालमेल गरेका दुई दल नयाँ शक्तिका मेयर उमेदवार मेम कुमार राईले ८ सय ८३ र संघीय समाजवादी फोरम नेपालकी उपमेयर उमेदवार फूलमाया घिमिरेको ७ सय ४६ मत जोड्दा कांग्रेसलाई ३ हजार ६ सय २६ मत थप हुनेछ । यसरी यसपटक कांग्रेसले मेयर र उपमेयरमा २ सय ८८ मतको झिनो अन्तरले जीत हासिल गर्ने देखिन्छ ।
राष्ट्रिय जनमोर्चाको मत समेत गठबन्धनलाई आउँछ भनेर मान्ने होभने उसलाई ५८ मत थप हुनेछ । गत स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर गत स्थानीय चुनावमा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर उठेका अमृत बहादुर पाण्डेले २५ मत प्राप्त गरेका थिएभने उपमेयर उमेदवार देबी कुमारी खड्काले २८ मत पाएकी थिईन । यद्यपि बराहक्षेत्रमा हाल राष्ट्रिय जनमोर्चाको संगठन (नगरसमिती) समेत छैन् ।
यसपटकको आकंलन गर्दैगर्दा ०७४ सालको निर्वाचनको मत परिणामलाई आधार मानेर मात्रै हिसाव किताब गर्दा पूर्ण नहुन सक्छ । किनकि त्यसयता थुप्रै पार्टीहरु मिल्ने र विभाजित हुने क्रम चलिसकेको छ भने नयाँ मतदाताको रुझानले पनि परिणाममा धेरै फेरबदल ल्याउन सक्छ ।
०७४ सालको चुनावयता काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकता भयो भने एमाले विभाजित भयो । यस्तै, तत्कालीन नयाँ शक्ती पार्टी अहिले जनता समाजवादीमा समाहित भएको छ, जसको प्रत्यक्ष फाइदा कांग्रेसले उठाउन सक्छ । त्यस्तै, हालका नगर प्रमुख खनालको ५ वर्ष कामको गति चित्त बुझ्दो छैन । जनताहरु रुष्ट भएको देखिन्छ भने पार्टीभित्रै समेत नगरको कामकार्वाहीप्रति बिमती पैदा हुने गरेको एमाले निकट नेताहरू बताउँछन् ।
अर्कोतर्फ फुटेर गएको दल एकीकृत समाजवादीले समेत राम्रो संख्यामा मत काट्ने अनुमान गरिएको हुँदा पनि एमालेको उम्मेदवारले चुनाव हार्नसक्ने आधार हुने काँग्रेसको बुझाइ देखिन्छ । खनाललाई पार्टी भित्रैबाट मेयरमा नदोहोराउँन माग भैरहेको बेला पुनः उनैले टिकट पाउँनु एमालेको हार हो भन्ने एमाले निकट नेताहरूले बताएका छन् । कांग्रेसनिकट एक नेताले भनेका छन्, ‘गत निर्वाचनमा हामीले पार्टीभित्रैकै अन्तर्घातले चुनाव हारेका हौ, तर यसपालि सबैले सहयोग गरेर अघि जाने कुरा भएको हुँदा एकजुट भएको कांग्रेसले नतिजा आफ्नो पक्षमा ल्याउछ ।’
निर्णायक शक्ति को ?
विभिन्न दलहरुले आफूलाई निर्णायक शक्ति भनेर दाबी गरेपनि तथ्यांक भने त्यस्तो पाइदैन । नेकपा एमालेबाट छुटेर गएका माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले यसपटक बराहक्षेत्रमा मतको अदलबदल गर्ने देखिएको छ ।
एसले यसपटक यहाँ मेयर पदमा उम्मेद्बारी नदिएपनि उपमेयरमा लक्ष्मण चौधरीलाई अघि सारेको छ । नगर प्रवक्ता शिशिर चौलागाईं भन्छन्, ‘नगरभरी हाम्रो २५ सय मत आउने अपेक्षा छ तर मेयर पदको लागि अहिलेसम्म कसलाई सहयोग गर्ने भन्ने निर्णय भइसकेको छैन् ।
त्यस्तै, स्वतन्त्र उमेदवारका रूपमा अघि बढिसकेका राजु अधिकारी पनि यसपटकको चुनावमा निर्णायक शक्ति बन्ने विश्लेषण गरिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर र उपमेयर पदमा आफ्नै उमेदवार उठाएको छ ।
चुनावी एजेन्डा
नगरप्रमुखमा मुख्य दुई उम्मेद्बारी दिएका रमेश कार्की र निलम खनालको चुनावी एजेन्डा भने सस्तोखाल्का देखिन्छन् । खनालले आफ्नो कार्यकालमा अधुरा रहेका योजनाहरुलाई पूर्ण गर्न आफूले फेरि उम्मेद्बारी दिनुपरेको दाबी गर्दै आएका छन् । उनले आफ्नो अबको मूख्य एजेन्डाको रूपमा बराहक्षेत्र नगरलाई भ्रष्टाचाररहित बनाउने जिकिर गर्दै आएका छन् ।
त्यस्तै, गठबन्धनका उमेदवार रमेश कार्कीले आफूले चुनाव जितेपछि मेयर बापदको कुनै सेवा, सुबिधा नलिने घोषणा गरेका छन् । उनले बराहक्षेत्रमा अहिले भइरकेका भ्रष्टाचार, अनियमिततालाई साफै पार्ने बताएका छन् ।