इटहरीः स्थानीय तहको निर्वाचनले छपक्कै छोपेपछि उम्मेद्वारहरु गाउँ गाउँ घर घर चाहार्न थालेका छन् । धेरैको एउटै अनुरोध छ आउँदै गरेको निर्वाचनमा हामीलाई भोट दिनुहोस् । वास्तवमा स्थानीय निकायको निर्वाचनमा भोट पार्टी विशेषलाई भन्दा पनि व्यक्ति विशेषलाई दिनु बु्द्धिमानी मानिन्छ । तर सबै राम्रा र असल नियतका व्यक्ति समावेश भएको भए पार्टीलाई भोट दिनुपनि नराम्रो भने होइन् ।
देशै निर्वाचन मय भइरहँदा रामधुनी नगरपालिकामा थारु संस्कार र संस्कृतीको विकास प्रतिमात्र नभएर समग्र महिलाहरुको हक हित र चेतानाको लागि अग्रपंतीमा रहने सिता थरुनीले उपमेयर पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएकी छिन् ।
नेकपा एकिकृत समाजवादी बाट कलम चुनाव चिन्हसहित स्थानीय निर्वाचनमा होमिएकि सिता चौधरीलाई मेयरमा उम्मेद्वारी दिएका सिताराम घिमिरेले साथ दिएका छन् । लोकतान्त्रिक गठबन्धन गर्ने भनिएता पनि नेकपा एकिकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिएको छ ।
रामधुनी नगरपालिकाको उपमेयरमा पदमा उम्मेद्वारी दिएकी सिता चौधरी थरुनी को हुन भन्ने मतदाताको खुल्दुलीलाई मेटाउन हामीले यो सामाग्री तयार गरेका छौँ । २०४० सालमा तत्कालिन भासी गाविस अर्थात अहिलेको रामधुनी नगरपालिका वडा नम्बर १ मा जन्मिएकी सिता चौधरी पिता झकनदास चौधरी र माता स्वर्गीय सुनिता देवीकी कान्छी छोरी हुन् । ३ जना दाजु र २ दिदि बहिनीकी कान्छी अर्थात प्यारी बहिनी सिताले परिवारको माया ममता त निकै पाइन् साथै जिम्मेवारी पनि थुप्रै सामना गरेकी छन् ।
सिताका पिता झकनदासले झुम्का बजारकै पहिलो सब्जीपसल सञ्चालन गरेका थिए त्यसै बेला हो सिताले व्यापार बुझेको । केही मात्रामै भएपनि बुवा आमाको व्यापारले सितालाई व्यापारको अनुभव दिएको रहेछ । घरकी कान्छी छोरी विहान बेलुका वुवा आमालाई व्यपारमा सघाएर विद्यालय जाने सिताले रामधुनी स्थित भासी स्कुलबाट माध्यामिक शिक्षा सकाएकी हुन् ।
कान्छी छोरी र माइली बुहारी बनेर मोरङ्गको लेटाङ्गमा विवाह भएर गएकि सिताको परिवार लेटाङ्गमा भएपनि इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा आफन्तहरु थिए । आफुसँग व्यपारीक ज्ञान भएको हुनाले सिता परिवार सहित राजधानी गएर व्यापार गरेकी सिताले काठमाण्डौमा किराना पसल पनि चलाइन् ।
चौधरीले थारुहरुको सँस्कार र संस्कृतिलाई माथि उठाउने थारु महिलाहरुलाई समाजमा अग्रणि भुमिकामा देखाउने जस्ता काममा सक्रियाता बढाइन ।
थारुहरुका पर्व जितिया, माघि, एकादशी , छठ जस्ता पर्वहरु आफ्नो संस्कार र संस्कृतिलाई मर्न नदिने तरिकाले मनाउनु पर्छ भन्ने सिताको आवाज थियो उनले यी पर्वलाई आफ्नो संस्कार अनुसार भव्य बनाउन रामधुनीमा निकै ठुलो पहल र लडाई लडेकी छिन् ।
यस्तै क्रममा २०७३ साल तिर सिताकै अग्रसरतामा थारु महिला उत्थान समाज नामक सामाजिक संस्था गठन भएको थियो रामधुनीमा । स्थापना कालदेखि अहिले सम्म त्यस संस्थाको अध्यक्ष हुन अव भने नेतृत्व लिन सक्ने अरु महिलाहरु तयार भइसकेका छन् । महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुहुदैन् । समाजमा महिलाको लागि थुप्रै अवसरहरु छन् ।
सरकारले महिलाको लागि भनेर बर्षेनी थुप्रै बजेट बिनियोजन गर्छ त्यो बजेटको सहि सदुपयोग भएको छ कि छैन त्यसमा पनि महिलाले चासो राख्नुपर्छ भनेर सिताको अग्रसरतामा स्थापना भएको थारु महिला उत्थान समाजले सचेतना अभियान चलाईरहेको छ । धेरै जसो सामाजिक कार्यक्रममा सहभागिता जनाउने सिता महिलालाई जागरुक हुन र समाज विकासमा महिला पनि एक इटा हो भन्ने आवाज उठाउन कहिल्यै भुल्दिनन् ।
हुन त सिताले कति अवसरहरुमा गैह्र थारुहरुले रमाउँदै घोङ्गी खाएको देखेकी थिइन । क्याल्सियमले भरिपुर्ण भएको यो खानालाई नसा तथा हड्डीको विरामीलाई एकदमै राम्रो हुने डाक्टरी विश्लेषण समेत रहेछ । शरिरमा नशाहरुलाई सक्रिय बनाउने देखि लिएर , घोङ्गि चुस्दा नाक, घाँटी र अन्य शरिरलाई पनि एक हिसावको कसरत हुने भएकाले यो एकदमै स्वास्थ्यवर्दक खाना रहेको सिताको भनाई थियो ।
थारु संस्कार र संस्कृतीको जगेर्ना गर्नकै लागि घुगी बगिया थारु भिलेज नामको रेष्टुरेन्ट संचालन गरिरहेकी छिन् । सिताको थारु भिलेजमा घुङ्गि, बगिया, सिपि, गँगटा, प्राउन सहित बिभिन्न प्रकारका माछाका परिकारहरु को स्वाद चाख्नेहरुको निकै ठुलो भिड लाग्ने गरेको छ ।
सिताले खोलेको थारु संस्कृतिको संरक्षण गर्ने यस्तो रेस्टुरेन्ट प्रदेश एककै लागि नयाँ र पहिलो भएको सिताको दावी छ । घोङ्गि बगिया थारु भिलेज थारु संस्कार र संस्कृतिको संरक्षण गर्ने उत्कृष्ट ठाउँ छ । चौधरीले आफुसँग पहिलेका पुस्ताले प्रयोग गर्ने वयल गाडा, ढिकी, धानका पुतलीहरु संग्रह गरेर राखेकी छिन् ।
लायन्स क्लव अफ रामधुनीकी सदस्य, नगर महिला समिति रामधुनीकी उपाध्यक्ष साथै झुम्का उद्योग वाणिज्य संघकी निर्वाचित सदस्य र वडा महिला संघ वडा नम्बर १ कि उपाध्यक्ष समेत रहेकी सिता अहिले निर्वाचनको संघारमा रामधुनीमा महिलाहरुको हक र अधिकारलाई सुनिस्चित गर्न कलम चुनाव चिन्ह बोकेर मतदाताको घरघरमा धाउँदैछिन् ।
एक घर एक रोजगार सुशासनयुक्त रामधुनी सरकार भन्ने नाराका साथ नगरमा देखिएका नेकता एसका उम्मेद्वारले नगरको आफ्नै बारुणयन्त्रको व्यावस्था गर्ने, फोहोर बाट बायोग्यास निकाल्न प्लान्ट स्थापना गर्ने, जेष्ट नागरिकहरुलाई विना झण्झट घरमै वृद्धभत्ता उपलव्ध गराउने जस्ता प्रतिवद्धता लिएर आएका छन् ।
महिलाहरुलाई घरबाट बाहिर निस्किन र पितृसत्तात्मक समाजबाट आधुनिकता तर्फ लम्किन आग्रह गर्ने सिता अहिलेका महिलाहरुलाई दुनियाँ बुझ्न आग्रह गर्छिन् ।