फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

  • बैशाख ८, २०७९
  • १८० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ ।

फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् ।

तीन दशकदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई निर्देशक प्रयण लिम्बुले फिल्ममा उतारेका हुन् । रविन गिरीको कथामा निर्माण भएको डकुमेन्ट्री फिल्ममा गुरुङसँगै कुलचन्द्र न्यौपाने, विजय सुब्बा, नमिता सुब्बा, हेम राई, भीम गुरुङ, सरोज भुजेल र स्व.उत्तर कुमार राईलाई प्रस्तुत गरिएको छ ।

Production still

दिपक बज्राचार्यको छायाँकन र चन्दन दत्तको सम्पादन रहेको ‘उर्मि’ सन्तोषी नेपाल, मदन बस्नेत, इशु लामा, विमल पौडेल, पुष्पराज ऐतवाल, पवन घिमिरे, डम्बरकृष्ण श्रेष्ठ, देवराज राई, सुजित सुब्बा, जगत अम्बु गुरुङ र स्व.किसन राईले निर्माण गरेका हुन् ।

आगामी शनिबार काठमाडौंको फिल्म प्रदर्शन हुने निर्देशक प्रणय लिम्बुले बताए । उनले भने, ‘समाजका लागि तन, मन, धन लगाएर सेवा गर्ने व्यक्ति अहिलेको समयमा भेट्न मुस्किल छ । उहाँको कथाले नयाँपुस्तालाई समाजका लागि केही गर्न प्रेरणा दिने विश्वास छ ।’

Production still 1

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved