काठमाडौंः नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। 


राष्ट्रपति कार्यालयमा शपथ लिएपछि उनी पदभार ग्रहण गर्न मन्त्रालय पुगेका हुन्। यस क्रममा उनले मूल ढोका र आफ्नो कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा ढोगेका थिए। त्यसपछि उनले पदभार ग्रहण गरे। उनी सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपा सांसद हुन् ।