इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ६, स्वागत टोल जुटबिकास निवासी राधेश्याम साह (लालाजी)को ८० वर्षको उमेरमा निधन भएको छ।
इटहरीका पुराना व्यवसायी हिरालाल साहका कान्छा काका तथा देवी दयाल साह (महावीर साह) र अवधेश साहका पिता राधेश्याम साहको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार मृतक साहको पार्थिव शरीरलाई भोलि २०८३ साल भदौ २६ गते बिहान ११ बजेभित्र इटहरीस्थित निज निवासमा ल्याइपुर्याइने छ।त्यसपछि सोही दिन दिउँसो ३ बजे निज निवास स्वागत टोल जुटबिकासबाट अन्तिम संस्कारका लागि बूढी गङ्गा जमुना मुक्तिघाटतर्फ शवयात्रा (मलामी) लगिने र सद्गत गरिने कार्यक्रम तय भएको छ।
दुःखको यस घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण इटहरी नगरवासी, इष्टमित्र, आफन्त तथा छरछिमेकीहरूलाई शवयात्रा एवं मलामीमा उपस्थित भइदिनका लागि आफन्त तथा परिवारजनबाट हार्दिक अनुरोध गरिएको छ।




















