बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाले अनलाइन सट्टेबाजी (ब्याटिङ) खेल खेलाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार भदौ २४ गते झापाको बिर्तामोड नगरपालिका वडा नं ४ स्थित ुवृक्ष क्याफेु को परिसरमा कानुन विपरीत अनलाइन सट्टेबाजी भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

WhatsApp Image 2026-09-10 at 18.16.44

पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका वडा नं ४ बस्ने ४१ वर्षीय किरण कान्दङ्वा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईं रहेका छन्।प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएका विभिन्न विद्युतीय उपकरणहरू समेत बरामद गरेको छ।

 प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले विगत लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेलहरू खेलाउने कार्य गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट ५ (पाँच)दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।