इटहरीः नगरपालिकाको काम कारवाही र जनताको सरोकारलाई एकै ठाउँमा राखेर छलफल गरिने कार्यक्रम सार्वजनिक सुनुवाई हो । हरेक स्थानीय निकालयले चौमासिक रुपमा सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गरेर जनतालाई स्थानीय तहले गरेको कार्यविवरण दिने साथै जनताको सरोकारका विषयका गुनासा सुनेर त्यसको जवाफ दिने गरी सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गर्नुपर्ने नियम छ ।

त्यतिमात्रै नभएर सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार समेत स्थानीय तहले हरेक चौमासमा एक पटक सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धमा सार्वजनिक सुनुवाई गरी जनताको गुनासो सम्बोधन गर्नुपर्ने कार्यविधि तोकिएको छ । रामधुनी नगरपालिकाले सोही कार्यविधि पुरा गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भएता पनि त्यो न त प्रभावकारी देखिन्छ न त जनतानै सुनुवाईमा सहभागी भएका छन् ।

फागुन महिनाको अन्तिम दिन अर्थात ३० गते सोमबार रामधुनी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्यो । ३० गते सार्वजनिक सुनुवाई आयोजनागर्नको लागि नगरपालिकाले फागुन १६ गते प्रथम पटक बोलपत्र आव्हान गर्दै सुचना प्रकाशन गरेको थियो भने आफ्नो सामाजिक सञ्जाल फेसबुक पेंजमा फागुन ३० गते सार्वजनिक सुनुवाई कार्यक्रम रहेको जानकारी फागुन २९ गते प्रकाशन गरेको थियो ।

सार्वजनिक सुनुवाई हुनुभन्दा एक दिन पहिला सार्वजनिक गरिएको सुचनालाई आधार मान्दै कार्यक्रममा स्वागत गर्दै गरेका रामधुनी वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बस्नेत आफुहरुले प्रसस्त प्रचार प्रसार गर्दा पनि जनताहरु उल्लेख्य मात्रामा उपस्थित नभएको बताउँदै थिए । यसको मतलव “नगरपालिकाले गरेको कामप्रति जनताको गुनासो नै नभएको” बस्नेतको टिप्पणी थियो ।

समयको मतलव नै छैन

दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम फागुन ३० गते १० बजे सुरु गर्ने भनेर सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईलाई बलाहा साप्ताहिक पत्रिका इनरुवा ५ सुनसरीले सहजिकरण गरिरहेको थियो । प्रदेश पोर्टल कार्यक्रम स्थलमा पुग्दा करिव साढे १० बजे तिर नगरपालिकाको प्राङ्गढमा ५÷६ जना विद्यार्थी बाहेक कोहि थिएनन् । व्यानर टाँगिएको थियो ठुलो अक्षरमा कार्यक्रम १० बजे भनेर लेखिएको थियो ।

नगरप्रमुख कार्यकक्षमै थिए भने प्रमुख प्रशासकिय अधिकृत पनि कार्यकक्षमै थिए । नगरपालिकाका कर्मचारी घरी घरी बाहिर आउँदै खाली प्राङ्गढ हेर्थे र पुन भित्रै जान्थे । १२ बज्नै लाग्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा कार्यकक्षबाट केहि फायल सहित निस्किए र नगरप्रमुखको कार्यकक्षतिर लागे अनि कार्यक्रम स्थलमा आएर बसे । प्रशासकिय अधिकृत आएपछि भने कार्यक्रम सञ्चालकले कार्यक्रम सुरु हुनै लागेको उद्घोष गरे । लगत्तै नगरप्रमखु जयप्रकास चौधरी कार्यक्रम स्थलमा आए र आसन ग्रहण गरे । विस्तारै कर्मचारीहरु आउँदै कुर्सि ओगट्न थाले । १० बजे भनेर आयोजना गरिएको कार्यक्रम १२ बजेर पाँच मिनेट जाँदै गर्दा कार्यक्रम सुरु भयो ।

275655354_349326263876076_9045922006132288061_n

नगरपालिका नै आयोजक नगरपालिकाकै कर्मचारी अतिथि

हुन त हरेक सार्वजनिक कार्यक्रमको रोग नै अतिथी आसनग्रहण हो तर नगरपालिका आफँै आयोजक बनेको कार्यक्रममा नगरपालिकाका सबैलाई आसन ग्रहण गराउनुपर्छ र ? सोमबारको सार्वजनिक सुनुवाईको अर्को दिक्कलाग्दो पाटो थियो आसनग्रहण, तोकिएको समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको सार्वजनिक सुनुवाईको कार्यक्रममा उद्घोषक मित्रले करिव २५ मिनेट आसन ग्रहण गराइराखे ।

आसन ग्रहणका लागि नाम भनिएका सबै आमन्त्रित थिए कि थिएनन् त्यो त जानकारी भएन तर हरेक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक, हरेक वडाका अध्यक्ष र सचिव, नगरपालिकाका हरेक शाखाका प्रमुख, टोलविकास संस्थाका प्रतिनिधि अनि राजनितिक दलका प्रतिनिधि कति हो कति । आसन ग्रहणका लागि नाम बोलाइएका मध्ये ८÷१० जना उभिएर नमस्कार गर्थे बाँकी देखिएनन् ।

जनताको लागि राखिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी

कार्यक्रममा आफ्नो भनाई राख्न ८÷१० जनाको संख्यामा विद्यार्थीहरु पछाडिको लाईनमा बसेका थिए । उनिहरु १० बजेतिरबाटै कार्यक्रम स्थलमा थिए भने कार्यक्रम सुरु हुन लागेपछि कर्मचारीहरु आएर बसे । भर्खरैबाट सुरु भएको गरिव घरपरिवार छुट्टाउने कार्यक्रमको लागि छानिएका गणकहरु पनि आएर कुर्सि भर्ने काम गरे तर जनता देखिएनन् । एकादुई सेवा लिन आएका सेवाग्राहि आफुले खोजेको जनप्रतिनिधि चिहाउन कार्यक्रम स्थलमा बस्थे र उठ्थे ।

जनता लक्षित कार्यक्रममा मुस्किलले ८/१० जना जनता थिए । छेउमै रहेको जेष्ठ नागरिक भवनमा रिटर्नी फेडेरेसनको कार्यक्रम रहेकाले उक्त कार्यक्रममा भाग लिन आएका केही हुल नगरपालिकाको चौतारी सम्म पुगेका थिए । कार्यक्रममा व्यग्र उपस्थिती देखाउन नगरपालिकाको कार्ड भिरेका एक जना चौतारी तिर समेत हस्ताक्षर संकलन गर्दै देखिए । चौतारीमा एक हुल महिलाहरु आर्थिक सहयोग माग्न आएका रहेछन् एक जना बुद्धिजिवी उनिहरुको निवेदन लेखिदिँदै देखिए । आफ्ना कुरा राख्न आएका भनिएका विद्यार्थीहरु कार्यक्रमको बिचतिरबाट त्यहाँ देखिएनन् ।

275458147_4930291850419872_2433665185247127828_n

प्रमुख प्रशासकिय अधिकृत बोल्ने बेलामै बिजुली गएपछि

सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुमा वडागत रुपमा आफ्ना चारमहिना भित्र भएका कामहरुको विवरण सुनाउने समय दिइएको थियो । आफ्नो वडाको विवरण सुनाउन वडा अध्यक्षहरु उपस्थित थिए तथापि सबै वडा अध्यक्षहरु थिएनन् कसैले सचिवलाई जिम्मेवारी दिएर पठाएका थिए । त्यसपछि नगरपालिकाको समग्र प्रशासनिक कामबारे जाकारी गराउने समय आयो । त्यो भुमिका निर्वाह गर्दै थिए प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापा । त्यसैबेला बिजुलीको लाईन गयो तर थापा बोल्न छोडेनन् ।

पछाडीबाट ठुलो स्वरमा कोहि बोल्यो “सुनिएन” । त्यसपछि अरुले पनि थपे मुख्य सुन्नुपर्ने बेलैमा लाइन गएपछि व्याट्रि जोड्ने काम सुरु भयो । एक जनाले भित्रबाट ठुलो साउण्ड सिस्टम घिसार्दै ल्याए अनि प्रशासकिय अधिकृत बोले । नगरपालिकाले २ लाख भन्दा सानो योजनाको सम्झौता वडाबाटै गर्ने सक्ने गरी अधिकार दिएको रहेछ अनि अर्को महत्वपुर्ण काम कम कर्मचारीका कारण कार्यसम्पादन कठिन भएको बताउँने नगरपालिकाले कर्मचारी दरबन्दि सम्बन्धि ओएनएम संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको रहेछ । यस आर्थिक बर्षमा विनियोजित बजेट अनुसार योजनाका कामहरु गाउँ गाउँमा भइरहेको बताइयो ।

शिक्षा शाखाका प्रमुखसँग डेटा नै छैन

सार्वजनिक सुनुवाईमा सहभागि जनता समाजवादी पार्टीका रुपेश शाहले सामुदायिक विद्यालयमा ५ लाखका दरले केहि विद्यालयलाई दिइएको र त्यो कुन कुन विद्यालयले पाए भन्ने प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफमा शिक्षा अधिकृतले शिक्षाको गुणस्तरका वृदिका लागि अहोरात्र काम गरिरहेको बताउँदै ५ लाख ३५ हजार रुपैया शैक्षिक गुणस्तर विकासका २६ वटा सामुदायिक विद्यालयलाई दिइएको र उक्त रकम पुस्तकालय व्यावस्थापन, विद्यालय व्यवस्थापनका लागि विद्यालयको खातामा पठाएको बताए तर त्यसको डेटा भने आफुसँग अहिले नभएको बताए ।

275476764_534902797964036_6825302848410558046_n

उत्कृष्ट वडा नम्बर ५

चालु आर्थिक बर्षमा छुटाइएको बजेट र योजनाको काम रामधुनी नगरपालिकाको वडा नम्बर ५ ले सबै सकिसकेको बतायो । भुक्तानी सहित सबै योजनाको कामको प्रतिफल हेर्दा ३५।०९ प्रतिशत सकिएको वडा नम्बर ५ का वडा अध्यक्ष डेँगराज फुयालले बताए । २४ वटा योजना पाएको वडा नम्बर ५ मा सबै योजनाको काम सकिएको र भुत्तानीको काम मात्रै बाँकी रहेको फुयाल बताउँछन् । “चैत्र १५ गते सम्म वडा नम्बर ५ सबै योजनाबाट क्लियर हुन्छ ।” वडा अध्यक्ष फुयाँलले भने ।