इटहरीः निजी क्षेत्रबाट खुलेका विद्यालयहरुको ठुलो लहरमा निकै अगाडीको लाईनमा छ सुनसरीको सुन्दर नगरी इटहरीमा खुलेको पाथिभरा सेकेण्डरी बोर्डिङ्ग स्कुल । लाईनले नै व्यक्ति,संस्था र देशको स्तर देखाउँछ जसरी पछाडीको बेच्नमा पढ्ने विद्यार्थीको तुलनामा अगाडीको बेन्च रोज्ने विद्यार्थीको पढाई र सिकाई चेतना फरक हुन्छ । माथि पाथिभरालाई अगाडीको लाईनमा छ भनिनुको अर्थ पनि त्यहि हो । २०४८ सालमा स्थापना भएको पाथिभरा इटहरीमा नाम चलेको विद्यालय हो ।
विद्यार्थी र सिकाईलाई विद्यालयले कसरी जोड्न सक्छ त्यसबाटै त्यो विद्यालयको स्तर निर्धारण हुने गर्दछ । पाथिभराले विद्यार्थीलाई टर्चर नगरी सिकाईलाई अपनत्व गर्नका लागि विद्यार्थीलाई सहजिकरण गरिरहेको छ । पछिल्लो समयमा सिकाईलाई नयाँ मोडलमा लग्नका लागि पाथिभरा सेकेण्डरी बोर्डिङ्ग स्कुलले छुट्टै पहिचानको विकास गरेको यहाँका प्रिन्सिपल गोपाल श्रेष्ठ बताउँछन् । विद्यार्थीलाई घोकाईको शिक्षा भन्दा व्यवहारका आधारमा प्राक्टिकल्ली सिप सिकाएर सिकाई प्रक्रियालाई नयाँ र्ढँगले अगाडी बढाइएको श्रेष्ठको दावी छ ।
लामो सयमदेखि सकारात्मक सिकाईमा राम्रो पहिचान बनाएको पाथिभरा सेकेण्डरी बोर्डिङ्ग स्कुल नयाँ व्यवस्थापनबाट चलेको लगभग चार बर्ष भएको छ । नयाँ व्यवस्थापनबाट चल्नासाथ विद्यालयले नयाँ ढंगले सिकाई प्रणालीलाई विकास गर्न अनुभवी प्रिन्सिपल खोज्नेक्रममा काठमाण्डौको एक विद्यालयमा सोही भुमिकामा काम गर्दै रहेका गोपाल श्रेष्ठ सम्पर्कमा आएको विद्यालयका प्रबन्ध निर्देशक निर्मल कुमार रिजाल बताउँछन् ।
भारतको नयाँ दिल्लीमा शिक्षा हासिल गरेका श्रेष्ठले पढाउनु तथा सिकाई प्रक्रियामा सामेल हुनुलाई आफ्नो प्यासनको रुपमा लिएका छन् । नर्वे र खाडीको विकसित राष्ट्र दुवईमा अमेरिकन कलेजमा अध्यापन गराएका श्रेष्ठले इटहरीमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिन आफु लागिपरेको बताए । अन्तराष्ट्रिय स्तरमा शिक्षा क्षेत्रसँग परिचित रहेको व्यक्तित्व इटहरीले पाउनु राम्रो पक्ष हो तर उहाँलाई यहाँ टिकाइरहनु पाथिभराको व्यावस्थापन पक्ष पनि निकै उत्कृष्ट हो भनेर भन्न सकिन्छ ।
शिक्षा क्षेत्रका कोरोनाको प्रभाव निकै ठुलो छ । बालबालिकाहरु भविश्यका कर्णधार हुन भनेर भनिन्छ तर सिकाई प्रक्रिया कोरोनाका कारण भौतिक उपस्थितीका पढाई नभएपछि निकै खस्केको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको यस पाथिभरा सेकेण्डरी स्कुलले भने नर्सरी देखि कक्षा १० सम्मकै विद्यार्थीहरुलाई लकडाउनको अवस्थामा पनि सक्रिय रुपमा आफ्नै एप्लिेकसन बनाएर भर्चुअल माध्यमबाट सिकाईका क्रियाकलापहरु गराएको छ । आफुहरुले हरेक हप्ता बच्चालाई बोलाउन नपाएपनि अभिभावकलाई विद्यालयमै बोलाएर वर्कसिटहरु दिने लिने , बच्चाको पढाई र सिकाईका सम्बनधका अभिभावकलाई निरन्तर प्रतिक्रिया दिने जस्ता कामहरु गरेको प्रिन्सिपल श्रेष्ठले बताए ।
भर्चुअल क्लास मार्फत पनि यस विद्यालयले विद्यार्थीहरु बिच बिभिन्न प्रकारका प्रतियोगितात्मक क्रियाकलापहरु गरेर विद्यार्थीलाई विद्यालयप्रति आर्कषण गर्ने जस्ता कामहरु गर्दै आएको रहेको छ ।
धानदिवस, बालदिवस, भानुजयन्ति जस्ता अवसरहरु पारेर पाथिभराले विद्यार्थीहरुका विच कहिले कथा प्रतियोगिता, कहिले कविता प्रतियोगिता कहिले मानव अधिकार जस्ता विषय दिएर विद्यार्थीहरुलाई इङ्गगेज गर्ने र उत्कृष्ट गर्नेहरुलाई पुरस्कृत गर्ने गरेको छ । त्यतिमात्र नभएर विद्यार्थीको हेण्डराइटिङ्गलाई उत्कृष्ट बनाउनको लागि हेण्डराइटिङ्ग विक त कहिले भिडियो बनाउने भ्लग कम्पिटिसन जस्ता कामहरु गरेर विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोडन समेत भ्याएको छ, पाथिभराले । कतिपय विद्यार्थीहरु अनलाईनमा सक्रिय सहभागिता जनाउँदैनन् तर पनि “हामीसँग भर्चुअल क्लासमा पनि १०० प्रतिशत एटेन्डेन्स छ” प्रिन्सिपल गोपाल श्रेष्ठ भन्छन् ।
विद्यालयले लेभल वाइजरुपमा हरेक शुक्रबार प्रतियोगिताहरु आयोजना गर्ने र हरेक बुधबार पुरस्कारहरु प्रदान गर्ने गरेको छ । हालै पाथिभराले सम्पन्न गरेको पाथिभरा ट्यालेन्ट हन्टमा १०० भन्दा बढि बिद्यार्थीको सक्रिय सहभागिता रहेको विद्यालयले बताएको छ ।
विद्यालय उत्कृष्ट हुनलाई भिजन भएरमात्रै पनि हुदैन शिक्षकहरु पनि उत्तिकै उत्कृष्ट र शिक्षणप्रति उत्तरदायी हुन जरुरी छ । “हामीले मन्टेश्वरीमा हरेक हप्ता टिचर ट्रेनिङ्ग आयोजना गर्ने गरेका छौँ । हरेक शिक्षकले विद्यालयमै बसेर लेसन प्लान बनाउनुहुन्छ । उहाँहरुको लागि प्लानर बुक व्यावस्था गरिदिएका छौँ । ” प्रिन्सिपल श्रेष्ठ भन्छन् ।
आइतबार भएको सरस्वती पुजामा समेत पाथिभराले स्वास्थ्यमा मापदण्डहरु पुरा गरेर विभिन्न ६ वटा स्टलहरु राखेर प्लेग्रुपका बच्चाहरुलाई अक्षारम्भ गरायो । नयाँ व्यावस्थापन आएपछि पाथिभरालाई बिराटनगरको एभरेष्ट बोर्डिङ्ग स्कुलले पनि ओनरसिप लिएको छ । निजि विद्यालयहरुको छाता संगठनका केन्द्रिय अध्यक्ष टिकाराम पुरी पाथिभराका अध्यक्ष हुन् । बिद्याथीहरुबिच अनुभव आदान प्रदान गर्न समय समयमा बिराटनगरका विद्यार्थीहरुलाई इटहरी ल्याउने तथा इटहरीका विद्यार्थीहरुलाई विराटनगरको एभरेष्ट बोर्डिङ्गमा लगेर अनुभव साटासाटको अवसर दिने गरेको विद्यालयका प्रबन्ध निर्देशक निर्मल कुमार रिजालले बताए ।
पाथिभरा बोर्डिङ्ग स्कुल विराटनगरको एभरेष्टसँग गाँसिन पाउनु भनेको एभरेष्टको सक्सेस स्टोरीको पार्ट पाथिभरामा पनि मिसिनु पनि हो । प्रदेश एकमा मात्रै नभएर देशमै नाम कमाएको विद्यालयको पार्टनरमा काम गर्न पाउनु राम्रो भएको पाथिभराको बुझाई छ ।
पाथिभराले हरेक दिन विहान ९ बजे स्मार्ट मिटिङ्ग गर्ने र सो दिनको लक्ष्य र उदेश्यहरु समुहमा साटासाट गर्ने साथै शिक्षकहरुलाई शिक्षासँग नजिक बनाउन बिभिन्न प्रकारका तालिम तथा सेमिनार र गोष्ठीहरु आयोजना गर्ने गरेको छ ।
शिक्षा भनेको वातावरणबाट सिकिने सीप भएको हुनाले आफुहरु कितावी ज्ञान भन्दा व्यवहारिक ज्ञान र गुणस्तरमा ध्यान दिने गरेको प्रिन्सिपलको भनाई छ । प्ले गु्रप देखि कक्षा १० सम्म अध्यापन गराइरहेको पाथिभरा सेकेण्डरी बोर्डिङ्ग स्कुल नाफामुखि भन्दा पनि सेवामुखि भएको निर्देशक रिजालले बताए । त्यसो त नयाँ व्यावस्थापन आएदेखि नै यस विद्यालयले नयाँ एड्मिन भवन जोडेको र शैक्षिक गुणस्तर सुधार गर्न हरेक कक्षामा हरेक विषयमा ल्यावहरु बनाउने क्रममा रहेको विद्यालय बताउँछ ।
पाथिभरा सेकेण्डरी बोर्डिङ्ग र बिराटनगरको एभरेष्ट बोर्डिङ्गले अहिले पनि एउटै पाठ्यक्रम अध्यापन गराउँदै गरेको प्रबन्ध निर्देशक रिजाल बताउँछन् । गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन र विद्यालय र अभिभावकको सम्बन्ध जोड्न पाथिभराले हरेक महिना अभिभावक मिटिङ्ग, वर्कसप तथा इन्गेजमेन्टका कामहरु समेत गर्ने गरेको रहेछ । “अभिभावकहरु उत्साहका साथ आउनुहुन्छ । हामीले निरन्तर विद्यार्थीको पर्फमेन्सको फिडव्याक समेत अभिभावकलाई उपलव्ध गराउने गरेका छौँ । ” प्रिन्सिपल श्रेष्ठले थपे ।
पाथिभराले अभिभावकलाई समेत धेरै लोड नपरोस भनेर ५ बर्षदेखि निरन्तर पर्पल टर्टर नामको पाठ्यक्रम मन्टेश्वरी लेभलमा राखेको रहेछ । “हामी अभिभावकलाई धेरै मार नपरोस भनेर पाठ्यपुस्तकहरु बर्षेनी परिवर्तन गर्दैनौ पुस्तकहरु समय समयमा आवश्यकता हेरेर मात्रै परिमार्जन हुन्छन् ।” विद्यालय व्यावस्थापनका निर्मल कुमार रिजाल बताउँछन् । त्यसो त पाथिभरा सहित विश्वका ३० देशमा अमेरिकन मन्टेश्वरी कन्सेप्टको पर्पल टर्टर पढाई भइरहेको छ ।
अन्तराष्ट्रिय क्षेत्रमा अनुभव प्राप्त प्रिन्सिपलले नेतृत्व लिएको पाथिभराले भोलिका कर्णधारहरुको उत्पादनमा जोड बल गरेर लागि परोस् । शिक्षा सेवामुखी हुनुपर्छ यसलाई व्यवसायको रुपमा हेरिनुहुदैन्, यसमा पाथिभरा सेकेण्डरी बोर्डिङ्ग स्कुललाई शुभकामना ।