बराहक्षेत्रः ०७४ साल मंसिर महिनातिर । म त्यतिबेला बराहक्षेत्र ६, स्थित चक्रघट्टीमा रहेको सुनसरी सामुदायिक एफएममा कार्यरत थिएँ । त्यो ताका संघीय र प्रदेशसभाको चुनावअन्तर्गत तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिचको बाम गठबन्धनले कांग्रेसी कार्यकर्ता देशैभर धर्मराउने अबस्थामा देखिन्थे । तर सुनसरी क्षेत्र नम्बर ४ मा भने कांग्रेसका तर्फबाट उमेदवार बनेका ज्ञानेन्द्र बहादुर कार्कीको माहोल गर्मिएको थियो । तत्कालीन संघीय सरकारका अर्थमन्त्री समेत रहेका उम्मेद्वार कार्की आफै पनि चुनाव जित्नेमा विश्वस्त देखिन्थे ।
चुनावको प्रचारप्रसारकै क्रममा एकदिन हरिनगरा स्थित उमेदवार कार्कीको कोणसभालाई सम्बोधन गर्ने कार्यक्रमको रिपोर्टिङ गरें । उनले भनेका थिए, म झुट बोल्दिन्, यहाँका जनतासामु सधै उपस्थित हुनेछु, शिक्षा, स्वास्थ, भौतिक पूर्वाधार मेरो प्राथमिकता हुनेछ.... यस्तै यस्तै । उनले बोलेको कुरालाई जस्ताको त्यस्तै रेडियोमा समाचार बजाएँ । भलै, मेरो मनले भने, ‘जुन गोरु आए पनि कानै चिरेको’ भन्दै थियो । उनी जन्मथलो एबम् निर्वाचन क्षेत्र भोजपुरबाट सारेर सुनसरीमा आएका थिए । सुनसरी क्षेत्र नम्बर ४ विकास बिहिन, कोशी बाढीपीडित समस्या, कोशी टप्पु वन्यजन्तु आरक्ष समस्या, सिमावर्ती क्षेत्रमा चोरी समस्या र कृषकहरुको सम्पुर्ण समस्याले व्याप्त क्षेत्र थियो । यी सबै समस्यालाई सम्बोधन हुनेगरि कार्य गर्ने आफू उम्मेदवार रहँदा कार्कीले प्रतिबद्धता जनाए पनि । उनको घोषणासभामा शिक्षा, स्वास्थ, सडक, विधुत लगायतको लामै लिस्ट हुने गथ्र्यो । अन्ततोगत्वा कार्कीले बाम गठबन्धनका उमेदवार रमेश श्रेष्ठलाई हराउँदै चुनाव जिते । कार्कीले ३२ हजार ३४७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले नेता श्रेष्ठले २५ हजार ७५० मत ल्याए ।
सुनसरी क्षेत्र नम्बर ४ का लागि गौरव
नेपाली कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्र बहादुर कार्की भोजपुरबाट सुनसरी आउनु नै यहाँका कार्यकर्ताको लागि गौरवको विषय थियो । उसो त उनको निर्वाचन क्षेत्र भनेको बिपी कोइरालाले सङ्गठन गरेको र गिरिजा प्रसाद कोइरालाले निर्वाचन लडेको क्षेत्र हो । जहाँ नेपाली काँग्रेसको जग छ । बिपीले भनेजस्तै योजना तथा कार्यक्रम जनताको झुपडी हेरेर बनाउनुपर्ने हुन्छ । उनीमाथि जनताको ठुलो अपेक्षा छ । कार्कीले नेपाल सरकारको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र सूचना, प्रबिधी तथा संचार मन्त्रालमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनी २०३९ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन ‘नेपाल विद्यार्थी संघ’ को अध्यक्ष समेत हुन् । उनी अहिले पनि नेपाल सरकारका संचारमन्त्री हुन् ।
यसमानेमा पनि यहाँका कार्यकर्ता नेता कार्कीलाई सुनसरीमा पाउँदा गौरव मान्छन् ।
गरेका बाचाहरु पूरा
नेताले चुनाव जितेर गएपछि आफ्नो क्षेत्रमा पुनः नफर्किने हामीकहाँ पूरानै मान्यता छ । हुन पनि हो, त्यस्तै गर्छन् नेताहरू । तर ज्ञानेन्द्र बहादुर कार्कीको हकमा भने यो मान्यता लागू हुँदैन । कार्की निरन्तर आफ्नो क्षेत्रका जनतामाझ रहिरहनु, जनताको पिर, मर्कामा साथ दिरहनु उनको सकारात्मक पक्ष हो । आजभोलि उनको क्षेत्रका नागरिकहरुले उन्नति, प्रगति, विकास र सुशासन र नागरिकमैत्री कामको प्रशसां समेत गर्ने गरेका छन् । उनले चुनाव अघि भनेकै थिए, म सधै तपाईंहरुसँगै हुनेछु । त्यसैले पनि हुनुपर्छ, बिकासको मूल त उनले फुटाए नै त्यसमा माथी कोरोनाकहर जस्तो कठिन परिस्थितिमा पनि जनतासँगै रहे । कोरोनाकाल ताका माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै बिपन्न तथा दैनिक ज्यालादारीहरुका निम्ति आफ्नो निर्वाचन क्षेत्रमा पर्ने प्रत्येक पालिकामा ५० हजारका दरले राहत कोषमा रकम जम्मा गरेका थिए । ज्युँदाको जन्ती मर्दाको मलामी भनेझैं मन्त्री कार्की सकेसम्म कार्यकर्ताको आफन्तको जन्ती र मलामी, श्रद्धाञ्जली प्रकट गर्न पुगिनै रहन्छन् । चुनावअघि बाचा गरेका विभिन्न परियोजनाहरु अहिलेसम्म धेरै पूरा भइसकेका छन् भने केहि पूरा हुने तर्खरमा छन् ।
विकासको अर्को नाम ‘ज्ञानेन्द्र बहादुर कार्की’
उनले यस भनाइलाई प्रमाणित गरिदिएका छन् कि विकास र पूर्वाधार निर्माणको एक उदाहरण हो, सुनसरी क्षेत्र नम्बर ४ मा ४० वर्ष देखी विजुलीको पर्खाइमा रहेको श्रीलङ्का टप्पुमा उनकै अगुवाइमा बिजुली बाल्ने काम सम्पन्न भयो । रामधुनी देखी पश्चिम कुशाह जोड्ने बाटो उनकै पहलमा सम्पन्न भएको हो । टाउनहल बनाउने देखी बाइक समेत पुग्न नसक्ने गाउँमा पक्की सडक र्पुयाउने काम सम्पन्न भएको छ । सप्तकोसी बहुमुखी क्याम्पसमा १ करोड ५० लाख भन्दा बढीको सहयोग, जनहित क्लवलाई ५ लाख बढीको सहयोग, चक्रघट्टी जेसिजलाई एम्बुलेन्स उपलब्ध गराउनु, बराहक्षेत्र ६ स्थित बसपार्क देखी बुधवारे हुँदै आइतवारे नेता चौकसम्म पक्की सडक निर्माण सम्पन्न भइसक्नु आफैमा ऐतिहासिक कार्य हुन् ।
अहिले पनि धेरै कामहरू कार्यनयनको चरणमा छन् । जसअन्तर्गत उनका दीर्घकालीन र गौरबका योजनाअन्तरर्गत चक्रघट्टी स्थित सप्तकोसी बहुमुखी क्याम्पस रहेको सरकारी जग्गामा ५० शैय्याको अस्पताल निर्माणको प्रकृया अगाडि बढिरहेको छ । अस्पतालको लागि डेड बिग्घा जग्गा आवश्य पर्ने भएकाले जग्गा उपलब्ध हुनसाथ सम्झौता गरेर २ बर्ष भित्र अस्पतालको भवनको काम सम्पन्न गर्न लागि पर्ने कार्कीले बताए । बराहक्षेत्रबासीको दीर्घकालीन रोगको रूपमा रहेको बांगे–धरान जोड्ने सडकखण्ड कालोपत्रे हुने प्रक्रिया उनकै प्रतिबद्धताअनुरुप अघि बढिसकेको छ । त्यस्तै, हरीनगरा गाउँपालिकाको भुटाह बजारबाट बसन्तपुर–रामकुमार गुप्ताको घरसम्मको कालोपत्रे सडकको शिलान्यास भइ काम तीब्र रूपमा अघि बढिरहेको छ ।
रामधुनी नगरपालिकाको बैठारदेखी कुटी, मैनबारी, जीतपुर, चक्रघट्टी बस स्टेसन, काली मन्दिरदेखी जलपाई चोक, शिबालयबाट झनझनपुर, बीर बहा ,रामधुनी नगरपालिकाको बैठारदेखी कुटी, मैनबारी, जीतपुर, चक्रघट्टी बस स्टेसन, काली मन्दिरदेखी जलपाई चोक, शिबालयबाट झनझनपुर, बीर बहादुर राईको घरदेखी क्याम्पस गेट, खानेपानीदेखी राँगा चोक हुदै बाहुन टोलको होली डीलसम्म सहितको बजार क्षेत्रका सम्पूर्ण बाटाहरू शहरी विकासबाट १८ किलोमिटर कालोपत्रेको डीपीआरको काम सम्पन्न भइसकेको अघिल्लो चरणमा काम सुरु भइसकेको छ । गौरवको योजना स्वरुप षडानन्द मण्डलको घरदेखि षडानन्द शाहको घरहुँदै बाबजी शाहको घरहुदै कोशी टप्पु गल्फरीया शिव चोकसम्मको कालोपत्रे सडकको लागी टेन्डर आव्हान गराउने परिपत्र सार्वजनिक भइ प्रक्रिया अघि बढिसकेको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका जंगली हात्ती, अर्ना तथा बँदेलका कारण वर्षेनी मानवीय क्षति, बाली नोक्सान, घर टहराको क्षतिबाट स्थानीयहरु पिडीत छन् । यसै सन्दर्भमा मन्त्री कार्कीले चाँडै नै कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिवर्तन गरेर जंगली जनावरहरुको लागि आरक्ष भित्रै खाना, बासको उचित व्यवस्थापन गर्न र पर्यटन पूर्वाधारको विकास गरि यस आरक्षलाई यहाँका जनताहरुका लागि हानी नोक्सानी नभइ अवसरको रुपमा विकास गर्ने कार्य सुरु गरेका छन् । यस क्षेत्रका सुकुम्बासी तथा बाढी पिडीतहरुको समस्या सुनुवाइ गरी धनीपुर्जाको समेत प्रबन्ध गर्ने काम संघीय सरकारले सुरु गरिसकेको छ । उनले आफ्नो चुनावी एजेन्डा र घोषणा गरेका योजनाहरु बाकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारी सहयोग मात्र हैन्, मन्त्री कार्कीले व्यक्तिगत सहयोग स्वरुप एक लाख नब्बे हजार रुपैयाँ बराबरको सीतोरीया डोजो शाखा प्रकाशपुरलाई अत्यावश्यक सामग्री म्याट, रेडक्रस सोसाइटी हरीनगरालाइ एक लाख असी हजार रुपैयाँ बराबरको ४ सय थान टि–सर्ट, भोक्रहा नर्सिङ गाउपालीका निवासी अशक्त शंकर उराँवलाई उच्च शिक्षाको लागी आफ्नो निजी स्रोतबाट छात्रवृत्तिको प्रदान, सप्तकोसी बहुमुखी क्याम्पसका ५ जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति समेत सहयोग गर्दै आएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका नेता कार्कीको प्रशंसा जनस्तरबाट निकै हुने गरेको छ । एकाध बाहेक उनको कार्यबाट प्रतिपक्षी दलका नेताहरु समेत खुसी देखिन्छन् । तर पार्टीभित्रको आन्तरिक अधिवेशनमा कार्यकर्तालाई मिलाउन नसकेको आरोप भने नेता कार्कीले भोग्न बाध्य हुनुपरेको छ । यसैकारण सुनसरी क्षेत्र नम्बर ४ बाट कार्कीलाई यसपटक चुनाव लड्न असहयोग गर्ने कांग्रेस कार्यकर्ताकै आशय रहेको गाइँगुइँ सुनिन थालेको समेत छ । स्थानीय विकास प्रेमी जनताहरु भन्छन्–‘ सबैको जनप्रतिनिधिको छाप बनाएका नेता सुनसरी क्षेत्र नम्बर ४ का मात्र नभएर देशकै गौरव हुन् । यस्ता विकासप्रेमी नेता, जनतामाझ रहिरहने नेता देशलाई खाँचो छ । त्यसैले आफ्नो क्षेत्रमा रहेका यस्ता गहनालाई गुमाउनु दुस्प्रयास नगरौं । पुनः ज्ञानेन्द्र बहादुर कार्कीलाई सांसद जिताऔं । मन्त्री मात्र हैन्, प्रधानमन्त्री, राष्ट्रपति समेत बनाऔं ।’