इटहरीः सुनसरी जिल्ला प्रशासनले माघ १८ गतेदेखि लागु हुने गरी सुनसरी जिल्लाभर स्मार्ट लकडाउन भएको सार्वजनिक सुचना जारी गरेको भएता पनि भिडभाडका घटनामा भने कमि आएको छैन् ।
कोरोना संक्रमणको जोखिम बढेको र संक्रमणको प्रतिशत पँचास प्रतिशत भन्दा नाघेको भन्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले सोमबारै सुचना जारी गरी मंगलबारबाट स्मार्ट लकडाउनको घोषणा गरेको थियो ।
प्रशासनले घोषित कार्यक्रमको पालना नगरे सक्रामक रोग निवारण ऐन २०२० अनुसार कारर्वाही हुने भन्दै सुचना र प्रचार प्रसार गरेको भएता पनि सुनसरीको इटहरी र रामधुनी क्षेत्रमा आदेशको पालना भएको देखिदैन् । माघ महिना विशेषता विवाह र ब्रतबन्धको साइत रहेको महिना भएकाले पनि धेरै शुभकार्यहरु निर्वाध भएको देखिएको छ । ब्रतबन्धका कार्यहरु टोलैपिच्छे प्राय भएको देखिएका छन् भने मानिसहरुको व्यापक भिडभाड हुने क्षेत्र हाटबजार बन्द भएका छैनन् ।
जिल्ला प्रशासनको आदेशको दुई नम्बरमै धार्मिक वा साँस्कृतिक जात्रा, पर्व विवाह, न्वारन , पास्नी ब्रतबन्ध धार्मिक अनुष्ठा लगायतका अत्यावश्यक परम्परागत क्रियाकलापहरु सन्चालन गर्दा पच्चिस जनाभन्दा बढी नहुनेगरी तोकिएको जनस्वासथ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्ने गरी स्थानीय प्रशासनलाई पुर्व जानकारी दिएर मात्र संचालन गर्न सकिने भनिएको छ तथापि बिहिबारमात्रै सयौँको संख्यामा निर्वाध रुपमा यस्ता कार्यक्रमहरु सयौँको उपस्थितीमा भएका छन् ।
रामधुनी नगरपालिकामा पनि यस्ता कार्यक्रमहरु निर्वाध रुपमा भईरहेको पाइएपछि प्रदेश पोर्टले यस बारेमा रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डेगराज फुयाललाई सम्पर्क गर्यौँ । फुयाँलले सार्वजनिक रुपमा आफुलाई पनि थुप्रै निम्ताहरु आएपनि सार्वजनिक व्यत्ति भएको नाताले त्यस्ता कार्यक्रममा जान छाडेको बताए ।
“भीडभाड युत्त कार्यक्रम नगर्नु भन्ने छ त्यसको आदेश दिने काम हामीले नभई जिल्ला प्रशासनले हो । त्यसले गर्दा हामीले कसैलाई अनुमति दिने गरेका छैनौ । सोधिहालेको खण्डमा स्वास्थ्य मापदण्ड पालना गरेर धेरैमा २५ जना सम्म भेला गरेर कार्यक्रम गनुर््होस भन्ने गरेका छौँ ।” फुयाँलले भने । आफु सहभागी नभए पनि बिवाह ब्रतबन्ध लगायतका कार्यक्रमहरु भिडभाडयुक्त भइरहेको फुयाँलले स्वीकार गरे ।
उता लकडाउनकै समयमा इटहरीमा बुधबार स्वर्गारोहण भएका दुई जना समाजसेवीको मलामी तीन सय भन्दा बढिको संख्यामा थियो । जनता आफ्नो सुरक्षाको लागि माक्स लगाएरै निस्किएको भएता पनि त्यस्ता कार्यमा सामाजिक दुरीको पालना भने भएको हुदैन् । पछिल्लो समयमा भाइरल ज्वरो, कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन, डेल्टा तथा चिसोको कारण लाग्ने रोगहरुले धेरै च्याप्ने भएता पनि संक्रमण दर तिव्र र प्रभावदर भने त्यतिधेरै छैन् ।
कोरोना विरुद्धको खोप हान्नलाई खुल्ला गरिएको विद्यालयहरु नियमित सन्चालनको तयारीमा थिए तथापि जिल्ला प्रसासनको स्मार्ट लकडाउन सम्बन्धि सुचनाले गर्दा उनिहरु स्टेप व्याक भएका छन् । धेरै निजि विद्यालयहरुले अहिले अनलाइनबाटै विद्यार्थीलाई पढाउन थालेका छन् । माघ १५ सम्म भनेर बन्द गरिएका विद्यालयहरु माघ मसान्तासम्म बन्न गर्न पछिल्लो आदेश दिइएको छ ।
लकडाउनको सम्बन्धमा जिल्ला प्रशासनको आदेश पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन हुने र अनुगमनका क्रममा अवज्ञा भएको पाइए प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरो स्पष्ट पारेको थियो । तथापि कार्यान्वयनको पक्ष भने फितलो भएको पाईएको छ ।