अमेरिकाबाट आयो यो जीवन मिठो....गीतको भिडियो

  • पुस २४, २०७८
  • २१४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नयाँ गीत यो जीवन मिठो....को भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो जीवन मिठो गीतलाई सुदन डोटेलले लेखेका हुन् । जसमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत सृजना र मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।
सँयुक्त राज्य अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा यो गीतको भिडियो तयार गरिएको हो । भिडियोलाई सँयुक्त राज्य अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायाँकन गरिएको हो । भिडियोका दृष्यहरु मनमोहक छन् ।
गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत भएका छन् । उनीहरु रोमान्टिक जोडीको रुपमा भिडियोमा अभिनयरत छन् । नया कलाकार भएर पनि सुमनले उनीहरुलाई परिपक्क कलाकार जस्तै अभिनयमा प्रस्तुत गरेका छन् ।
अक्की शर्माले खिचेको यो गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा रंग सँयोजन रेनिश फागोको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान ...

धरानका मेयर हर्क साम्पाङ्ग झाडु बोकेर भानु चौकमा, खैनी र भोलाका खोल टिप्दै

धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved