इटहरीः नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि सानीमा लाईफ इन्स्योरेन्सको ६० करोड रुपैँया बराबरको साधारण शेयर आजबाट गतेबाट निस्कासन बिक्रि खुल्ला हुँदैछ ।

ईन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर हुन आउने रकमको ६० लाख कित्ता शेयर एक सय रुपैँया अँकित मुल्यका दरले सर्बसाधारणमा बिक्रि गर्न लागेको हो ।

बिक्रि गर्न लागिएको कुल ६० लाख कित्ता मध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता शेयर कर्मचारीलाई र बाँकि ५ प्रतिशत सामुहिक लगानीकोषका लागि छुट्टाइएको छ भने बाँकि शेयर भने सर्बसाधारणको लागि बिक्रि गरिने छ ।

जारी हुन लागेको साधारण शेयर लगानीकर्ताको मागको आधारमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन खुल्ला रहने छ । प्रभु क्यापिटल विक्रि प्रबन्धक रहेको यस कम्पनीको साधारण शेयरलाई नेपाल धितोपत्र बोर्डले केहि दिन अघिमात्र शेयर निस्कासनको अनुमति दिएको थियो ।

साधारण शेयर निस्काशनका लागि कम्पनीले गराएको क्रेडिट रेटिङ्ख अनुसार इक्राले समयमै वित्तिय दायित्व पुरा गर्ने कम्पनीमा ट्रिपल बि को रेटिङ्ख प्रदान गरेको छ । ट्रिपल बि भनेको समयमै वित्तिय दायित्व पुरा गर्नेमा मध्यम रहेको सँकेत प्रदान गर्ने गर्छ ।
सानिमाको आइपिओ आवेदनका लागि सि आश्वा सदस्य बैँक तथा वित्तिय सँस्था र मेरो शेयरको एपलिकेशन र वेवबाट घरमै बसिबसि आवेदन दिन सकिन्छ । एक अर्ब चालिस करोड रुपैयाँ चुत्ता पुँजी रहेको कम्पनीको साधारण शेयर बिक्रि पश्चात २ अर्व चुत्ता पुँजी पुग्ने छ ।

कस्तो कम्पनी हो सानीमा लाईफ

बिमा ऐन २०४९ बमोजिम २०६३ सालमा स्थापना भएको सानिमा लाइफ जीवन बिमाको कारोबार गर्ने कम्पनी हो । काठमाण्डौको कमलादीमा कार्यालय रहि कार्य सन्चालन गर्दै आइरहेको सानिमा लाईफका देशभरी ११८ वटा शाखा कार्यलयहरु रहेका छन् । चुत्ता पुँजी १ अर्व ४० करोड रहको कम्पनीको साधारण शेयर जारी गरेर बिक्रि गरेपश्चात २ अर्ब चुत्ता पुँजी पुग्नेछ भने आईपिओ बिक्रि पश्चात सँस्थापकमा ७० प्रतिशत र सर्बसाधारणमा ३० प्रतिशतको शेयर स्वामित्व हुने बतार्ईएको छ ।

कति कित्ता आवेदन दिन सकिन्छ

त्यत्तिकै पनि अहिलेको शेयर बजारमा ३७ लाख भन्दा बढि डिम्याट खाता होल्डर रहेका छन् भने औशतमा २१ लाख लगानीकर्ताले आइपिओमा आवेदन दिँदै आइरहेका छन् । कम्पनीले न्युनतम १० कित्ता देखि लिएर अधिकतम ३० हजार कित्ता सम्मको आवेदन दिन सकिने भनेता पनि वाँडफाडमा धेरै कित्ता शेयर पर्ने देखिँदैन । तसर्थ १० कित्ता भन्दा माथि नभर्नु नै उत्तम देखिने लगानी विज्ञहरुको सुझाव छ । ।