इटहरीः झापाका विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधि सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो साँझ ६ः०० बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधि ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरी हिजै साँझ ७ः५४ बजे झापाको मेचिनगर नगरपालिका २, भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको डब्ल्यु बी ७४ आर ६५०४ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा उक्त मोटरसाइकलको भाइजरमा लुकाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगर १ ग्राम फेला परेकोले मोटरसाइकलमा सवार मेचिनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडि सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।