इटहरीः तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४१ ओटा राजनीतिक दल खारेजीमा परेका छन् ।

आज बसेको निर्वाचन आयोगको बैठकले भोलिदेखि लागु हुनेगरी ती दलहरुको दर्ता खारेज गरेको आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खारेजीमा परेका दलहरुको नाम, झन्डा र चुनाव चिन्ह आगामी एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने भएका छन् । आयोगमा कुल एक सय ३६ राजनीतिक पार्टी दर्ता रहेकोमा ४१ ओटा पार्टी खारेज भएपछि अब नेपालमा कुल ९५ ओटा पार्टी मात्र सक्रिय रहेका छन् । लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, संघीय लिम्बुवान, किराँत खुम्बु वान पार्टीलगायत ४१ पार्टी खारेज भएका हुन् ।

party kharej1

party kharej2

party kharej3.