इटहरीः क वर्गको वाणिज्य बैंक एनएमबी बैंकले इच्छुक लगानीकर्ताले साधारण शेयर आवेदन दिनबाट बन्चित हुन नपरोस् भन्दै २४ घण्टाभित्रै डिम्याट खाता र मेरो शेयर खाता खोलिदिने सेवा अघि सारेको छ ।

हालै एनएमबी इन्भेस्टर सेभिङ्ख नामक खाता योजनासमेत सार्वजनिक गरेको छ । जुनसुकै उमेर समुहका लगानीकर्तालाई लक्षित गरी सुरु गरिएको यो खातामा शून्य मौज्दातमै खाता खोल्न सकिनेछ । बैँकले यस खाताअन्तर्गत ५ वर्षसम्म निःशुल्क डिम्याट खाता, मेरो शेयर, सि आश्वा सेवाका साथै ओम्नी च्यानल, कनेक्ट आइपिएसमार्फत् निःशुल्क अन्तर बैंकिङ्ख रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ख, निःशुल्क डेबिट कार्ड र क्रेडिट कार्डसमेत दिने बताएको छ ।

यसैगरी, आफ्नै भगिनी कम्पनी एनएमबी क्यापिटलको सहकार्यमा पोर्टफोलियो म्यानेजमेन्ट सेवा र परामर्श सेवा पनि प्रदान गरिने बैंकले जानकारी दिएको छ । एनएमबीले देशभर १८१ शाखा कार्यालय र ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ख सुविधा प्रदान गरिरहेको छ ।