इटहरीः शेयर बजारमा साधारण शेयरको बाढी नै आइरहेको समयमा फेरी अर्को नयाँ कम्पनीले शेयर निष्कासन गर्ने भएको छ ।
दोलखामा आफ्नो विद्युतीय प्लान्ट बनाइरहेको मकर जितुमाया सुरी हाइड्रोपावरले नयाँ शेयर निष्कासनको प्रक्रियामा गएसँगै प्रभु क्यापिटल त्यसको शेयर बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कम्पनीले आफ्नो कुल चक्ता पुँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
जसमध्येबाट आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणको लागि १५ लाख २० हजार कित्ता शेयर छुट्टाइएको छ भने बाँकी रहेको १५ लाख २० हजार कित्ता भाग्यशाली सर्वसाधारणले पाउनेछन् । दोलखा जिल्लाको सुरी खोलामा जलविद्युत आयोजना निर्माण गरिसकेको कम्पनीले ७ मेगावाट बराबरको अर्को आयोजनाको निर्माण गरीरहेकोे छ ।