धरानः सुनसरीको धरानस्थित सर्दु खोलामा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरान १७ स्थित धरान–चतरा सडक मार्गको सर्दु खोला पुलमुनि पिलर नजिकबाट अवैध रुपमा नदीजन्य पदार्थ रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, इलाका प्रहरी र नगर प्रहरीको संयूक्त टोलीले हिजो (शनिबार) साँझ ५ः०० बजे दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

224670375_4532344786798270_4720338976401956922_n

नगर प्रहरीका अनुसार स १ त ५२९४ र को २ त ६५१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि धरान उपमहानगरपालिकामा बुझाइएको छ । ट्याक्टर कसको भन्ने खुल्न सकेको छैन ।  सुरक्षाकर्मीको संयूक्त टोलीलाई देखेपछि ट्याक्टरका चालक र सहचालक भने फरार भएको जनाइएको छ । अवैध रुपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिने प्रहरीले जनाएको छ ।

225217204_494448278555990_2181378415018912306_n