इटहरीः साताको पहिलो दिन भएको शेयर कारोबारबाट शेयर बजार परिसूचक नेप्से १ दशमलव २५ अङ्कले बढेर ३०८१ दशमलव ५ अङ्क कायम भएको छ ।

परिसूचक जनाउने सेन्सेटिभ फ्लोट पनि १ अङ्कले बढेको छ । आइतबारको कारोबारबाट जलविद्युत समुहका लगानीकर्ताले राम्रो कमाएका छन् । प्रायः हाइलाइटमा रहेका जलविद्युत कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आइतबार बजारमा ३० करोड ३४ लाख २ हजार ३ सय ५२ रुपैयाँ बराबरको कारोबार भएकोमा २ सय २६ कम्पनीको सेयर खरिद बिक्री भएको थियो ।

घलेम्दी हाइड्रोपावर कम्पनी, सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर मुल्यमा १० प्रतिशतभन्दा ठूलो वृद्धि भएको छ ।