इटहरीः युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख १५ हजार कित्ता बराबरको शेयर नेपाल स्टक एक्चेन्जमा सूचीकृत भएको छ ।

आइतबार मात्र युनियन लाइफ र नेपाल स्टक एक्चेन्जका बीचमा सेयर सूचीकरण सम्झौता भएको हो । नेप्सेमा सूचीकृत भएको शेयर मंगलबारबाट दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । नेपाल स्टक एक्चेन्जको कम्पनीको दोस्रो बजारमा हुने पहिलो कारोबार मूल्य धेरैमा ३ सय ४५ रुपैयाँ ३९ पैसामा र न्यूनतम १ सय १५ रुपैयाँ १३ पैसा रहनेगरी तोकेको छ । 

कम्पनीको एक करोड ५० लाख ५० हजार कित्ता सँस्थापक शेयर र ६४ लाख ५० हजार साधारण शेयर गरी जम्मा २ करोड ५० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । काठमाडौँमा प्रधान कार्यालय रहेको कम्पनीको सेयर प्रभु क्यापिटलले अघिल्लो महिना मात्र बिक्री गरी बाँडफाँट गरेको थियो ।