इटहरीः नबिल बैँकले सुनसरीको झुम्कासहित झापा र मोरङमा पनि शाखा कार्यालय विस्तार गर्ने भएको छ ।
बैँकले यो वर्ष प्रदेश नम्बर १ का ३ वटा जिल्लामा ४ वटा गरी मुलुकभर २० वटा शाखा कार्यालय स्थापना गर्न लागेको बताएको छ । प्रदेश १ मा विस्तार हुने शाखा कार्यालयहरु झापाको सुरुङ्गा, काकडभिट्टा, गौरीगञ्ज, मोरङको विराटनगरस्थित पुष्पलाल चौक र सुनसरीको झुम्कामा रहने छन् । त्यसैगरी, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, कास्की, रुपन्देही, चितवन, कन्चनपुर, धनुषा, सल्यान र बाँके जिल्लामा नविलले यसै वर्ष शाखा विस्तार गर्ने बताइएको छ ।