इटहरीः नेपाल स्टक एक्सचेन्जले अघिल्लो महिना निष्कासन र बाँडफाँड भएको मानकामना स्मार्ट लघुवित्त कम्पनी लिमिटेडको शेयरलाई नेप्सेमा सूचीकृत गरेको छ ।

 नेपाल स्टक एक्चेन्ज र कम्पनीले आइतबार मात्र सूचीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् भने मंगलबारबाट उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार सुरु हुने छन् । नेप्सेले मनकामनाको ८ लाख २२ हजार ५०० कित्ता सँस्थापकतर्फ र ३ लाख ८९ हजार कित्ता साधारण शेयर एनएमबी क्यापिटल लिमिटेडले बिक्री गरी असार महिनामा शेयर बाँडफाँड गरेको थियो ।

नेप्सेले कम्पनीको शेयरलाई दोस्रो बजारमा कारोबारको लागि न्यूनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसामा कारोबार गराउने गरी पहिलो कारोबारको ओपनिङ रेन्ज तोकिदिएको छ । मनकामना लघुवित्त कम्पनी रुपन्देहीको सिदार्थनगर नगरपालिकामा कार्यालय रही नेपाल राष्ट्र बैँकको अधिनमा घ वर्गको बैँकिङ कारोबार गरिरहेको वित्तीय सँस्था हो ।