इटहरीः ठूलो मूल्यको शेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्ट कम्पनीले उक्सेको बजारलाई हिस्स बनाउने र आफू पनि हिस्स हुने सम्भावना बढेको छ ।
सामान्यतया नेपाली शेयर बजारमा अङ्कित मूल्य १ सय रुपैयाँका साधारण शेयर निष्कासन हुने गर्छन् । तर सर्वोत्तम सिमेन्टले भने अङ्कित मूल्यमा प्रिमियमसहित थप गरेर ठूलो मूल्य पर्ने शेयर निष्कासनको तयारी गरेको थियो । कम्पनीको २०७७ साल माघ ६ गते बसेको साधारणसभाले बुक बिल्डिङ्ख पद्वतिबाट आईपीओ निष्कासन गर्ने निर्णय पारित गरेर शेयर निष्कासनको कागजी प्रक्रियामा काम गरिहेको थियो । तर हालै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्खानाको नाममा सर्वोत्तम सिमेन्टको शेयर किनिएको भन्ने कुरा बाहिर आएपछि शेयर बजारमा एक प्रकारको तरङ्ग नै पैदा भएको छ । त्यत्ति मात्र नभएर अर्थ मन्त्रालयले समेत शेयर किनिएको भन्ने समाचार सन्चारमाध्यममा आएपछि त्यस बारेमा के कसो भएको हो स्पष्ट खुलाउन माग गर्दै ढुङ्खानासँग स्पष्टिकरण नै सोधेको छ । ढुङ्खानाले भने आफूले शेयर खरिद नगरेको तर अमेरिकामा रहँदै आएकी आफ्नी छोरी रेविकाको नाममा भने एक हजार कित्ता शेयर खरिद गरिएको बताउँदै आएका छन् ।
शेयर बजारको नियामक मानिएको नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई नै प्रभाव पार्ने गरी सर्वोत्तमले शेयर दिएको प्रति शेयर बजारका विश्लेषकहरुले प्रश्न गर्न थालेका छन् । शेयर बजारका विश्लेषक रवीन्द्र भट्टराईले सर्वोत्तमका सँस्थापकले नियामक निकायका सबैलाई आफ्नो प्रभावमा पारेर ठूलो मूल्यमा शेयर निष्कासन गर्न लागेको टिप्पणी गरेका छन् । कम्पनीले धितोपत्र बोर्डका अध्यक्ष मात्र नभएर नेपाल स्टक एक्चेन्जका प्रमुख, शेयर बजारका भ्यालुएटर, मर्चेन्ट बैँकका लगानीकर्ता, ब्रोकर, कम्पनीको भ्यालुएसन गर्ने चार्टर एकाउन्टेन लगायतलाई शेयर बिक्री गरेर आफ्नो शेयर निष्कासन गर्नुपूर्व नै ठूलाबडालाई आफ्नो पक्षमा पार्न खोजेको कुरा बाहिर आएको छ । त्यत्ति मात्र नभएर कम्पनी बुक बिल्डिङ्ख पद्वतिबाट शेयर निष्कासन गर्नका लागि सक्षम नभएको निक्र्योल गर्न सकिन्छ । अझै प्रिमियम मूल्यमा शेयर बिक्री गरेर कम्पनीले आफ्नो मूल्याङ्कन ह्वात्तै बढाउन लागेको टिप्पणी हुन थालेका छन् ।
अब धितोपत्र बोर्डका अध्यक्ष नै अनुसन्धानको घेरामा तानिएपछि सर्वोत्तमको शेयर के हुने हो या त निष्कासन प्रक्रिया कहिलेसम्म लम्बिने हो त्यसको टुङ्खो भने छैन । बुक बिल्डिङ्ख प्रद्वतिबाट शेयर निष्कासन गर्ने भनेको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा बढी पर्ने प्रक्षेपण गरिँदै आएको थियो । नेपालकै ठूला व्यापारिक घरानामध्येमा आउने सौरभ ग्रुपको लगानी रहेको सिमेन्ट उद्योग कम्पनीले सिमेन्ट, स्टिल, चिया, धागो, क्याल्सियम कार्बोनेटजस्ता सामानको उत्पादन गरिरहेको छ । नेपालमा सञ्चालन भएका सिमेन्ट उद्योगमध्ये सबैभन्दा बढी विदेशी लगानी रहेको भनिएको सर्वोत्तम सिमेन्ट चितवन र पाल्पामा खानी रहेका चुनढुङ्खाको प्रयोग गरेर नवलपरासीमा अवस्थित उद्योगबाट सिमेन्ट उत्पादन गरिहेको छ । वार्षिक दुई करोड बोरा सिमेन्ट उत्पादन गरिरहेको कम्पनीको दाबी छ । साथसाथै सर्वोत्तम सिमेन्टले असार महिनामा मात्र नेपालबाट उत्पादित ४३ ग्र्रेडको मान्यता पाएको थियो । यो गुणस्तर चिन्ह नेपालमा उत्पादित सिमेन्टहरुमध्ये सबैभन्दा राम्रो गुणस्तर मानिने गरेको छ । कम्पनीको चक्ता पुँजी ४० अर्ब रहेको बताइएको छ ।