इटहरीः झापाको दमक नगरपालिका ८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक ७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक ५ का २९ वर्षीय कैलाश लिम्बू, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ वर्षीय द्रोणाचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० वर्षीय भीम सुब्बा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

nagad

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः४५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास ३ बुङ र नगद १ लाख ६० हजार रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तहरुउपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।