इटहरीः झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो ११ः३० बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई जाँचबुझ गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ वर्षीय विवेक बानियाँको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ९० मिलिग्राम र नगद रु. २० हजार बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रहरीले उनीहरुलाई अटोसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।