इटहरीः लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ’तिमी आउने जाने’मा पूजा शर्मा र सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ । टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पूजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाँकी राखेका छैनन ।
निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन् । भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन् । पर्यटकीयस्थल कालिञ्चोकको रमणीयस्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । टंक बुढाथोकीको युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।