इटहरीः जिउ मास्ने बेच्ने मुद्दामा मोरङ जिल्ला अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ घर भएका ५० वर्षीय सञ्जय यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त यादवविरुद्ध २०६६ साल असार १० गते मोरङ जिल्ला अदालतले ११ वर्ष २ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसला भएपछि फारार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतसमक्ष पेस गरेको हो । अभियुक्त यादवलाई कैद भुक्तानीका लागि मोरङ जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।