इटहरीः केन्द्रीय कार्यालय काठमाडौँमा रहेको मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले मात्र रु १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
मुक्तिनाथ विकास बैंक धरान शाखाका शाखा प्रबन्धक दीपेन भुजेलका अनुसार मासिक ब्याज पाउने सुविधा भएको समृद्धि बचत खाता यही साउनमसान्तभित्र खोलिसक्नुपर्नेछ। अब बचतमा ३ महिना कुर्नुपर्ने बाध्यतालाई हटाउदै बचतकर्तालाई सहजरूपमा मासिक ब्याज प्रदान गरी बचतलाई प्रोत्साहित गर्न खोजेका हौं ,शाखा प्रबन्धक भुजेलले बताए ।
साथै पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्ड कल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खाता अनलाइनमार्फत् पनि यो लिंकबाट खोल्न सकिने छ: