इटहरीः नेपाल धितोपत्र बोर्डले आफूसँग भएको लगानीयोग्य नगद ६ महिने मुद्वति खातामा राख्ने भन्दै बैँकहरुसँग आवेदन माग गरेको छ । 

नेपालको धितोपत्र बजारको नियामक सरकारी निकाय धितोपत्र बोर्डले एक सूचना जारी गर्दै आफ्नो लगानीयोग्य पुजीँ मुद्धति खातामा राख्नुपर्ने भएकाले आफूले दिन सक्ने ब्याजसहित आगामी बुधबारसम्म बोर्डको कार्यालयमा आइपुग्नेगरी आवदेन दिन क वर्गका बैँकहरुलाई आव्हन गरेको हो । बोर्डले नियमपूर्वक परेको आवेदनको छानबिन गरी बुधबार नै निर्णय गरेर कुन बैँकमा आफ्नो मुद्वति खाता खोलिने पनि छिनोफानो गर्ने जानकारी गराएको छ । लगानी गरिने पुँजी कति छ भन्नेबारे भने अहिले केही पनि खुलाइएको छैन ।