इटहरीः एमसीसीको विरुद्धमा भोलि अर्थात् शनिबार इटहरीदेखि विराटनगरसम्म कार तथा मोटरसाइकल र्याली हुने भएको छ ।
अमेरिकी परियोजना देशघाति भएको र अहिलेको सरकार त्यसको कार्यान्वयनमा लागिपरेकाले त्यसको विरोधस्वरुप पूर्वाञ्चलवासी नेपाली जनताले र्यालीको आयोजना गरको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् कार्यक्रम संयोजक हिरा आचार्यले जानकारी दिएका छन् । शनिबार मध्यान्न १२ बजे, इटहरीको चिन्तन चौतारीबाट र्याली सुरु गरेर विराटनगरसम्म पुग्ने कार्यतालिका रहेको उनले जानकारी बताए ।
देश र जनताप्रति विदेशी हस्तक्षेप बढिरहेको र नेपालीहरुको अस्तित्व नै दाउमा परेकारले त्यसको विरोधस्वरुप आयोजना गरिएको र्यालीमा सहभागी हुनसमेत उनले अपिल गरेका छन् ।