धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार विद्यार्थीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयले प्रतिष्ठानमा होहल्ला, झैझगडा गरेको भन्दै जानकारी आएपछि नियन्त्रणमा लिएको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायबनिरीक्षक (सइ) भेषराज राउतले सामान्य झै–झगडा गरेको र प्रक्राउ गरेको बताए । उनीहरुलाई प्रतिष्ठानको होस्टेलबाट नियन्त्रणमा लिएको सइ राउतले जानकारी दिए । पक्राउ परेका विद्यार्थीको विस्तृत जानकारी भने प्रहरीले दिएको छैन ।

प्रतिष्ठानदेखि प्रहरीलाई विद्यार्थीले होहल्ला गरेको भन्दै फोन आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । स्रोतले विद्यार्थीले मादक पदार्थ सेवन गरी होहल्ला तथा झै–झगडा गरेको बताएको छ । तर, प्रहरीले भने के कति कारणले पक्राउ गरेको भने खुलाएको छैन ।