इटहरीः संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ः०० बजेका लागि आह्वान गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६÷०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।