इटहरीः मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले इटहरीकी एकसहित दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिक–१२ बस्ने १९ वर्षकी खुश्वु विश्वकर्मा र झापाको बिर्तामोड नगरपालिका –९ बस्ने २० वर्षकी लक्ष्मी दास रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार उनीहरुले झापाका १६ वर्षीया किशोरी र २० वर्षीया युवतिलाई बेच्ने उद्देश्यले भारतको बिहार राज्यस्थित छौंडादानो पु¥याएका थिए । अभियुक्तहरुले युवति र किशोरीलाई वीरगञ्जको अर्केस्ट्रामा काम लगाइदिने प्रलोभन देखाई ल्याएको अनुसन्धानबाट खुलेको छ ।

भारतको छौँडादानोबाट अन्य शहरमा लगी बेच्ने योजनामा अभियुक्तहरु रहेका थिए । तर प्रहरीले पीडित बालिका र किशोरीलाई उद्धार गरी अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका अभियुक्तद्वयलाई मानव बेचबिखन मुद्दामा कारबाहीका लागि पर्सा जिल्ला अदालतको आदेशमा सात दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।