इटहरीः नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको स्थायी लेखा नम्बर सहि तरिकाले राख्न शेयर दलाल कम्पनीहरुलाई निर्देशन दिएको छ । 

शेयर ब्रोकर कम्पनीहरुले शेयर खरिद बिक्री गरिँदाका बखत लगानीकर्ताको स्थायी लेखा नम्बर स्पष्ट नराखेको भन्दै नेप्सेले सीडीएस एण्ड क्लियरिङ्ख लिमिटेडले पुँजीगत लाभकर राजश्वमा अपलोड गर्ने क्रममा लगनाीकर्ताको स्थायी लेखा नम्बर फरक फरक देखिएको र एकै जना लगानीकर्ताको फरक फरक लेखा नम्बर सिस्टममा हुन नसक्ने भन्दै अब लेखा नम्बर स्पष्ट गर्न भनेको छ । नेप्सेकी वित्त व्यवस्थापन विभागकी अधिकृत सावित्रा के सीद्वारा जारी निर्देशनमा आगामी दिनमा लगानीकर्ताको स्थायी लेखा नम्बर फरक पर्न गई पुँजीगत लाभकर तिरेको विवरण फरक पर्न गएमा दलाल कम्पनी आफैँ जवाफदेही हुनुपर्ने भन्दै लगानीकर्ताले समेत दलाल कम्पनीसँग आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गर्न भनिएको छ ।

PAN number