इटहरीः नेपाल राष्ट्र बैँकको राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारलाई आवश्यक पर्ने २० अर्ब रुपैयाँ बराबरको ऋण विद्यमान बैँक तथा वित्तीय सँस्थाबाट उठाउने भएको छ । 

बैँकिङ ऐनअन्तर्गत कारोबार गरिरहेका वाणिज्य बैँक, विकास बैँक, र वित्तीय सँस्थाले सरकारलाई आजै २० अर्ब रुपैँया बराबरको ऋण बोलकबोलमार्फत् लिन राष्ट्र बैँकले बोलपत्र आव्हान गरेको छ । नेपाल सरकारलाई चाहिने ऋण व्यवस्थापन गर्दै आएको राष्ट्र बैँकले आज साउन १३ गते दिनको ३ः०० बजेसम्म अनलाई विडिङ्ख सफ्वेयर सिस्टमबाट बोलकबोल गर्न सकिने बताएको छ । आवदेन दिँदा कम्तिमा ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग जाने रकम निक्षेपमा राख्न सक्ने आशयसहित के कति ब्याजमा सरकारलाई ऋण दिन सक्ने हो उक्त ब्याजदर खुलाउनुपर्ने राष्ट्र बैँकले जनाएको छ ।

बोलकवोलमा सहभागी बैँक तथा वित्तीय सँस्था जसले कम ब्याजमा बोलकबोल गर्छन्, उसैको निक्षेपलाई स्वीकृती दिने तथा खुल्ला बजार कारोबार सञ्चालन समितिले निर्धारण गरेको कट अफ रेसियोभन्दा कम ब्याजमा बिड गर्ने वित्तीय सँस्थाले निक्षेपमा सहभागी हुन पाउनेछन् ।