धरानः सुनसरीको धरान उपमहानगरपालिका ११ नम्बर वडा आजदेखि एक साताका लागि बन्द गरिने निर्णय गरिएको छ ।
वडा कार्यालयमा कार्यरत एक जना सुब्बा तहका कर्मचारीसहित तीन जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एक साताका लागि बन्द गरिएको वडाध्यक्ष बाबुलाल लामाले जानकारी दिए । चार जना कर्मचारी हाल बिरामी भएर थलिएको पाइएपछि वडाध्यक्ष लामाले सूचना प्रकाशित गर्दै एक साताका लागि वडा कार्यालय बन्द गरिएको प्रष्ट पारे ।