इटहरीः प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् ।

प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालु अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेका हुन् । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तिव्रता दिएका हुन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका हुन् । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् ।