इटहरीः पुरानो मानिएको एभरेस्ट बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्ने भएको छ ।
१ हजार रुपैयाँ अंकित दरको ऋणपत्रको अवधि ८ वर्षको हुनेछ । लगानीकर्ताहरुले यस ऋणपत्रबाट वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । यसैबीच, बैंकले यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौँको लाजिम्पाटमा रजिस्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक २०४९ मंसिरमा नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडका रुपमा दर्ता भएको कम्पनीले २०५१ असोज ११ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । एभरेस्ट बैंकका हाल मुलुकभर १०३ शाखा कार्यलयहरु छन ।