इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १५ घर भएका ८२ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भई १० गते उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १०ः३० बजे ज्यान गएको हो । मृतक पुरुष लामो समयदेखि ‘हाइपर्टेन्सन’ नामक मानसिक समस्याबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।