इटहरीः नेपाल सरकारले दीर्घकालीन स्याहार केन्द्रको सहायकका रुपमा एक हजार जना नेपाली कामदार इजरायल पठाउने भएको छ ।

यसका लागि नेपाल सरकार र इजरायल सरकारबीच सम्पन्न श्रम सम्झौताका आधारमा वैदेशिक रोजगार विभागले हिजो एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकहरुबाट आवेदन माग गरेको छ । विभिन्न योग्यता पूरा गरेका कामदारले मासिक पाँच हजार तीन सय एनआईएस अर्थात् करिब एक हजार ६ सय अमेरिकी डर पारिश्रमिक प्राप्त गर्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दर्ता गराइसक्न विभागले अनुरोध गरेको छ ।

vaideshik rojgar.