इटहरीः धनकुटाको महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ वर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

हिजो अपराहन्न ३ः३० बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा उनकै बहिनी १५ वर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भीर घाईते भएकी टंकमायाको सुनसरीको इटहरीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोही दिन राति ९ः०० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।