इटहरीः मोरङको विराटनगर महानगरपालिका १४ जतुवामा नहरमा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने फुलियादेवी महतोका १८ महिनाका छोरा राजकुमार महतो रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो दिउसो २ः१५ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।