इटहरीः मोरङको लेटाङ नगरपालिका ५ मा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने शरन कुमार राईका १५ वर्षीय छोरा समृद्ध राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ३ः०० बजे स्थानीय मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान अगाडि बढाएको छ ।