इटहरीः नयाँ वर्षको अवसरमा नवगायक पृथ्वीमान लिम्बूले आफ्नै शब्द तथा स्वर रहेको ‘आदाङ्बे’ बोलको गीत सार्वजनिक गरेका छन् ।

संगीतकुमार आँखेवाको संगीत रहेको गीतको भिडियो सोमबार अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरी रेन्बो रेज मिडियाबाट दर्शकमाझ सार्वजनिक गरिएको हो । पृथ्वीमानले यसअघि पनि पूर्वेली लोक भाकाको ‘मिरमिरे बिहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । गायक लिम्बू पेसाले राष्ट्रसेवक भएतापनि आफ्नो बचेको समयलाई गीत, संगीत, साहित्य, कला र समाजसेवामा समर्पित गरेका छन् । गीतको भिडियोमा लाहुरे सँस्कृति भित्रको माया(प्रेम, मिलन र बिछोडलाई देखाइएको छ ।

गीतको भिडियो निर्देशन दिनेश माङ्मुले गरेका हुन् । भिडियोमा गायक पृथ्वीमान, विशाल सेनेहाँङ र सबु तामाङको मुख्य अभिनय रहेको छ भने राजेश, विशाल, माङ्कल, सन्जय, मुना, सुमिनाको सहायक भूमिका रहेको छ । यसको छायांकन ज्ञानेन्द्र शर्माले काभ्रेपलाञ्चोकमा गरेका हुन् ।