इटहरीः गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’सार्वजनिक भएको छ ।

जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा भने विकास लामिछाने र पूजा गिरी देखिएका छन् । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ । सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडियोलाई राजेश शाहले निर्देशन गरेका हुन् ।

भिडियोमा अरुणा घिमिरेको मेक अप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन देख्न सकिन्छ ।