इटहरीः ब्युटी प्याजेन्ट युवायुवतीको मात्रै हैन, अहिले बालबालिका केन्द्रित पनि हुन थालेको छ । आफुभित्रको लुकेको प्रतिभा प्रष्फुटन गर्ने राम्रो प्लेटफर्म संगै केही सिक्ने अवसर पाउने भएकाले ब्युटी प्याजेन्टमा आकर्षण बढ्दो छ । प्रदेश १ कै कुरा गर्ने हो भने दर्जन हाराहारिमा बालबालिका केन्द्रित ब्युटी प्याजेन्ट भैसकेका छन् । यस्तै मध्येको ब्युटी प्याजेन्ट हो ‘पुर्वान्चल लिटिल स्टार’ । बिगतमा २ ओटा सिजन सफल सम्पन्न गरेको यो प्याजेन्टको यतिबेल तेस्रो सस्करण घोषणा भएको छ । राठी केबलले मुख्य प्रायोजन गरेको पुर्वान्चल लिटिल स्टारका बिजेताले ५१ हजार नगद पुरस्कार सहित २ लाख बराबरको म्युजिक भिडियोमा फिचर्ड गर्ने मौका पाउनेछन् ।

यस्तै सम्पुर्ण सहभागीहरुले बालागायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतको म्युजिक भिडियोमा अवसर पाउनेछन् भने सो भिडियोलाई ईन्डियाको चर्चित युट्युब च्यानल टि–सिरिजबाट सार्बजनिक गरिनेछ । अन्य सहभागीलाई पनि यो म्युजिक भिडियोमा अवसर दिइनेछ । यो संगै अन्य थुप्रै अवसरहरु प्राप्त गर्नेछन् । बलिउडका लोकप्रिय अन्नु कपुर लगायत कलिउडका लोकप्रिय कलाकारहरू लिएर ३ भाषामा बन्न लागेको फिल्म ‘प्रधान द लिडर’मा अभिनयको मौका पाउनेछ । जसमा बिजेता सहित प्याजेन्टमा सहभागी सम्पुर्णले मौका पाउनेछन् ।

कोरोना महामारीका कारण तेश्रो सिजन १ वर्ष पछाडी धकेलियो । अब भने आयोजक कम्पनी साईमन फिल्म एन्ड ईन्टेरटेन्मेन्ट, मुम्बईले यसको तयारी तिब्र गतिमा सुरु गरिसकेको छ । बिगतका बर्षहरुमा भन्दा थुप्रै अवसरहरु र फराकिलो दायरामा प्याजेन्ट आयोजना गर्न लागिएको आयोजक कम्पनिका म्यानेजिङ डिरेक्टर साईमन राजबंशीले बताए । सिमित एक ठाउमा केन्द्रित हुने र सोही ठाउमा फाईनल गरिने योजनालाई यसपटक उनले परिवर्तन गरेका छन् । पुर्वान्चल लिटिल स्टार तेश्रो सिजनको ५ ठाउमा सेमिफाइनल भएर १ ठाउमा फाईनल कार्यक्रम हुने छ ।

जसको लागि बिराटनगर, ईटहरी, धरान, दमक र बिर्तामोड सहरलाई छानेका छन् । यी ५ ठाउमै अडिसन भएर सोही ठाउमा १५ दिने विशेष तालिम हुँदै ट्यालेन्ट राउन्ड कार्यक्रम र सेमिफाइनल कार्यक्रम हुनेछ । सेमिफाइनल कार्यक्रममा सहभागी प्रतिष्पर्धीहरुलाई विभिन्न सबटाईटल प्रदान गरिनेछ भने फाईनलका लागि सर्वाधिक अङ्क ल्याउने उत्कृष्ट ५ फाईनलमा प्रवेश गर्नेछन् । ५ ठाउमै यसैक्रमले कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । सेमिफाइनल ५ ठाउबाट फाइनलमा आएका २५ जनालाई फेरि विशेष प्रशिक्षण दिइनेछ र फाईनल भिडन्त बिर्तामोडमा गराउदै ‘पुर्वान्चल लिटिल स्टार–३’ छानिने छ ।

यसका लागी बिराटनगर र ईटहरीमा बैशाख ११ गते, धरानमा बैशाख १८ गते, दमक र बिर्तामोडमा बैशाख २५ गते अडिसन मिति तय भएको छ । बिराटनगरमा हनुमानदास रोडमा अवस्थित डेजल म्युजिक एन्ड फिटनेसमा अडिसन हुदैछ भने सो ठाउमा सहभागीताको लागि ९८११०८३९०८, ९८१५३७३२१५, ९८३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । यस्तै ईटहरीमा मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा अडिसन हुदैछ । इच्छुक ईटहरीकाले ९८०४३०८१५६, ९८०७३५००५३, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ । धरान अडिसन महेन्द्रपथमा अवस्थित मुनाल सास्कृतिक कला केन्द्रमा हुदैछ । जहाँ सहभागीता जनाउनको लागि ९८२४३२८०५४, ९८४२०४०००६, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिने छ भने बिर्तामोड अडिसन भद्रपुर रोडमा अवस्थित एनवार्स डान्स स्टुडियोमा हुनेछ । बिर्तामोडका इच्छुकले सहभागीताको लागि ९८२४९८३०५३, ९८४२०४०००६, ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ ।

यो प्याजेन्टको अफिसियल फोटोग्राफी पार्टनर डिथ्री फोटोग्राफी रहेको छ भने मिडिया पार्टनरको रुपमा डिथ्री अनलाईन, बिराट टेलिभिजन, बेतना दैनिक र हिपमत डटकम रहेको छ भने सुवास संकल्प मिडिया कोअर्डिनेटर हुन् ।