काठमाडौँः गायक गायिका प्रवीण बेडवाल अनि सीता तुम्रोकको आवाजमा रहेको ‘सायद तिम्रो मेरो माया बस्यो कि’ गीतको भिडियो सार्वजनिक भएको छ ।

माया प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ । निर्मला कुँवरको शब्द सिर्जना तथा रमेश सुवेदीको संगीतमा रहेको गीतलाई सन्दीप कार्कीले एरेन्ज गरेका छन । छायांकन गो क्युरी नामबाट ग्रीनिज बुकमा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन् भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ ।

सीता अफिसियलबाट उक्त भिडियो अपलोड भएको छ भने अमृत साही ठकुरी अनि गायिका स्वयम सीता तुम्रोकको रोमान्स गीतमा हेर्न सकिनेछ । गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन् ।