इटहरीः चर्चित गायिका टिका प्रसाई र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत ’फूल फुल्यो केशरी’ सार्वजनिक भएको छ ।

अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाई अगाडि बढाइरहेका किरण मगर, निक्की श्रेष्ठ ,स्माइली श्रेष्ठ र किशोरी बिष्टको दमदार नृत्य रहेको छ ।

किरण मगर र निक्की श्रेष्ठद्वारा सञ्चालित ड्रिम फिटमा अमृता जी सी, स्माइली श्रेष्ठ र किशोरी बिष्ट सदस्य रहेका छन् जसको मुख्य उद्देश्य नै नेपाली लोक नृत्यको जगेर्ना र डान्सरहरुलाई सहयोग गर्नु रहेको छ । सुदीप बिष्टको सिनेमाटोग्राफी र सम्पादन रहेको भिडियोलाई किरण मगरको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो ।