इटहरीः अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र पुषोत्तम न्यौपानेको आवाजमा रहेको “सुहाउँदैन ओठमा हाँसो “ गीतको भिडियो सार्वजनिक भएको छ ।

जीवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदीप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जीवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफू निकै आशावादी रहेको गायिका रानीले बताइन् ।

नवराज न्यौपानेको छायांकन र शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “सुहाउँदैन ओठमा हाँसो“ गीतको भिडियोमा कमल सिंह, गीता ढुगाना, तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको छ ।